‘पार्टी निर्वाचनमा पराजितलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्नु हुँदैन’

‘विगतमा प्रतिस्पर्धाको परिणामलाई स्वीकार नगर्ने अथवा पराजितलाई दोस्रो नागरिक जस्तो व्यवहार गर्ने हुनु हुँदैन ।’ –ईश्वर पोखरेल

पुस ६, २०८२

गंगा बीसी

'Those who lose in party elections should not be treated as second-class citizens'

What you should know

काठमाडौँ — एमालेमा आन्तरिक एकता कायम राख्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीको ‘कोर्टमा’ मा पुगेको ईश्वर पोखरेल नेतृत्वको इतर पक्षले निष्कर्ष निकालेको छ । शनिबार भएको इतर पक्षको भेलाले पार्टीभित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धालाई आधार बनाई पक्षपात, गुटबन्दी, काखापाखा र भेदभाव गरे प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।

यसै सन्दर्भमा एमाले नेता ईश्वर पोखरेलसँग कान्तिपुरकर्मी गंगा बीसीले गरेको कुराकानी :

नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभयो तर अपेक्षित परिणाम आएन । अब कसरी अघि बढ्नुहुन्छ ?

महाधिवेशनसित सम्बन्धित विभिन्न विषयमा समीक्षा आफ्नो ठाउँमा छ । तर महाधिवेशनले सबै विषय टुंगो लगाइसकेकाले अब निर्वाचित नेतृत्वलाई मानेर जानुपर्छ । यो भनिरहँदा जुन हामीले उठाएका विचारहरू छन्, खासगरी पार्टीलाई विधि, पद्धतिअनुसार चलाउनुपर्छ । पार्टीमा सामूहिक नेतृत्व हुनुपर्छ । पार्टीलाई सामूहिक नेतृत्व लिएर सुधार हुनुपर्छ । पार्टीमा नियन्त्रण सन्तुलनको जुन प्रबन्ध छ, जनताको बहुदलीय जनवाद (जबज) व्यवस्था गरेको कुरा सबल बनाउनुपर्छ । यो विषयमा हामीले आवश्यकताअनुसार पार्टीमा छलफल, बहस गर्छौं । विगतमा प्रतिस्पर्धाको परिणामलाई स्वीकार नगर्ने अथवा पराजितलाई दोस्रो नागरिक जस्तो व्यवहार गर्ने हुनु हुँदैन ।

तपाईं पक्षका दुई पदाधिकारी र एक दर्जन केन्द्रीय सदस्यले जित्नुभएको छ । पार्टीभित्र कस्तो भूमिका खेल्नुहुन्छ ?

यसमा अब पार्टी अध्यक्ष, निर्वाचित भएको नेतृत्वले यो कुरालाई कसरी सम्बोधन गर्छ । हेर्नुपर्छ । अहिले नै यसमा यो, त्यो भन्नु उचित हुँदैन ।

नेतृत्वका लागि भएको चुनावपछि अध्यक्ष केपी शर्मा ओली र तपाईंबीच भेट वा कुराकानी भयो ?

हुन पाएको छैन । राम्रो ढंगले पार्टीलाई अघि बढाउनु हुने अपेक्षा छ र यसमा हाम्रो साथ समर्थन हुन्छ ।

तपाईं अध्यक्षमा पराजित भए पनि केन्द्रीय कमिटीमा हुनुहुन्छ । अब जिम्मेवारी के हुन्छ ?

मेरो कुनै ‘डिमान्ड’ छैन । केन्द्रीय कमिटीमा निर्वाचित भएको कारणले जे भूमिका पूरा गर्नुपर्ने हो, त्यो गर्छु ।

गंगा

Link copied successfully