‘प्रदर्शनका नाममा भएका घटनाको अनुसन्धान प्रहरीले जारी राखेको छ’

‘आफ्नो पक्षमा माहोल कति छ भनेर पनि दलहरूले निर्णय गर्न खोज्लान् वा निर्वाचन लम्ब्याउन खोज्लान् तर सरकार त्यसको पक्षमा छैन ।’

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

'Police are continuing to investigate incidents that occurred in the name of demonstrations'

What you should know

मानवअधिकार र भ्रष्टाचारविरुद्धको कानुनी लडाइँका लागि परिचित नाम हो, ओमप्रकाश अर्याल । गिरीबन्धु टी–स्टेटको जग्गा विवाद, लोकमानसिंह कार्कीको अयोग्यता, मानवअधिकार आयोगको कानुन, अध्यादेशमार्फत अख्तियारसहितका संवैधानिक निकायको नियुक्तिसहित अन्य सार्वजनिक सरोकारका र मानवअधिकारको क्षेत्रमा उनले न्यायिक लडाइँ लडेका छन् ।

जेन–जीको आन्दोलनपछि गठित चुनावी सरकारमा भने उनी गृहमन्त्री बनेका छन् । उनीसँग सरकारको कामकारबाहीदेखि २१ फागुनमा तोकिएको निर्वाचनका लागि सुरक्षा व्यवस्था र तयारीलगायतका विषयमा कान्तिपुरका लागि दुर्गा दुलालजयसिंह महराले गरेको कुराकानी :

जेन–जीको आन्दोलनपछि विशिष्ट अवस्थामा अहिलेको नागरिक सरकार बनेको हो । यद्यपि, यस अवधिमा सरकारको कामकारबाही प्रभावकारी भएन भन्ने असन्तुष्टि व्यक्त हुन थालेको छ । तपाईंहरूको स्वमूल्यांकन के छ ?

गठन भएलगत्तै सरकारको मुख्य काम तत्कालीन परिस्थितिलाई सामान्य बनाउनु थियो । त्यसमा हामी धेरै हदसम्म सफल भएका छौं । सरकार गठन हुँदा असामान्य परिस्थिति थियो । असुरक्षाको अवस्था थियो । राष्ट्रिय सुरक्षा चुनौती थियो । आन्तरिक सुरक्षा चुनौतीभन्दा पनि राष्ट्रिय सुरक्षा चुनौतीसम्मकै अवस्था थियो । त्यसलाई हामीले अहिले काबुभित्र राखेका छौं । तत्काल द्वन्द्व दोहोरिने, तत्काल हिंसा भड्किने सम्भावना थुप्रै हुन सक्थे । त्यसलाई पनि हामीले निस्तेज गरेर स्थितिलाई सामान्य बनाउन सफल भएका छौं ।

स्थिति सामान्य भइसकेपछि र तत्काल द्वन्द्व दोहोरिने अवस्था नभइसकेपछि मात्रै कानुन कार्यान्वयनको कुरा आउँछ । जेन–जी आन्दोलनका मृतक परिवारलाई सम्बोधन गर्ने, सहिद घोषणा गर्ने, सहिदलाई सम्मान दिने, घाइतेको उपचार गर्ने, जेन–जी विद्रोहको माग सम्बोधन गर्ने, विस्थापित भएका पार्टीलाई सुरक्षाको प्रत्याभूति दिने र अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त बनाउने काम गरिएको छ । उहाँहरू सबैले बधाई दिनु भएको छ, भेट्नु भएको छ र सहयोगको हात फैलाउनु भएको छ । यसरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौं ।

विभिन्न समूहमा छरिएका जेन–जी पनि आफूहरूको माग पूरा नभएको गुनासो गरिरहेका छन् । फेरि कसैले आन्दोलन गर्ला र असुरक्षा होला भन्ने त्रास समाजमा कायमै छ । त्रासबाट देशलाई मुक्त गर्नका लागि तपाईंसँग के योजना छ ?

धेरै वटा ‘स्टेकहोल्डर’ भएपछि समन्वयिक सन्तुलनमा हिँड्नुपर्छ । त्यस्तो अवस्थामा सबैलाई आश्वस्त बनाउनुपर्छ । गलत तत्त्वबाहेक अरू सबैले ठान्नुपर्‍यो कि हाम्रा लागि पनि केही हुँदै छ । गलत तत्त्वले त मेरो हितमा हुँदै छ भनेर राज्यबाट अपेक्षा गर्न पाएन, कानुनको दायरामै आउनुपर्छ । तर जो वैधानिक सरोकारवाला र हिस्सेदार हुनुहुन्छ, उहाँहरू सबैलाई आश्वस्त बनाउनुपर्छ । आकांक्षा र माग पूर्ति गर्दै जानुपर्छ । नत्र असन्तुलन हुन सक्छ । सबैलाई सँगसँगै लिएर हिँड्दा आंशिक रूपमा सबैले पाउनुहुन्छ । पूर्ण रूपमा चाहिँ कसैले पनि पाउनुहुन्न ।

'Police are continuing to investigate incidents that occurred in the name of demonstrations'धेरै वटा ‘स्टेकहोल्डर’ भएपछि त्यस्तो हुन्छ । अधिकतम लाभ सबैलाई दिने हो । अधिकतम सुरक्षा सबैलाई दिने हो । शान्तिसुरक्षा सबै कुरा भताभुंग भएको स्थितिबाट हामी फेरि जगेर्ना गर्दै छौं । अहिले प्रणालीलाई जगेर्ना गर्ने क्षण हो । हामीले खोजेजस्तो रामराज्य त कहिले पनि थिएन, कहिले हुँदा पनि हुँदैन । तर, भइरहेको हाम्रो प्रणालीलाई जोगाएर अगाडि बढ्नका लागि समन्यायिक सन्तुलन कायम गरेर हिँडेका छौं । यसमा पूर्ण रूपमा सन्तुष्ट नभए पनि आंशिक रूपमा सन्तुष्टि हुने क्रम बढ्दो छ ।

हिजो तपाईं मानवअधिकारको रक्षाका लागि, भ्रष्टाचारविरुद्ध आवाज उठाउनका लागि सडकमा हुनुहुन्थ्यो । अहिले एउटा परिस्थितिले गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने तथा निर्वाचन गराउनका लागि शान्तिसुरक्षाको प्रत्याभूति गर्ने दायित्व तपाईंको हो । सडकको अनुभव र गृह मन्त्रालयको जिम्मेवारीबीचको तालमेल कसरी मिलाउनुहुन्छ ?

हिजोका दिनमा ‘डिमान्ड साइड’ मा थिए । सडकबाट त माग गर्ने हो । तर पनि मेरो धारणा जहिल्यै समन्वयिक सन्तुलनमा आधारित थियो । किनकि, अर्को पक्षको धारणाबाट पनि हेरिनुपर्छ, अरू पनि ‘डिमान्ड साइड’ मा हुन्छन् । हरेक मुद्दाले एउटा परिस्थितिमा काम गर्ने हो । त्यो परिस्थितिलाई सापेक्षतामा हेर्दा कतिसम्म प्राप्त गर्ने भनेर अन्तरमनले थाहा पाउँथ्यो ।

सरकारबाट हेर्दा मान्छेका माग र आकांक्षा निकै धेरै हुन्छन् । परिस्थितिले कति तत्काल सम्बोधन गर्न दिन्छ, कति बिस्तारै हासिल गर्दै गइन्छ भनेर सन्तुलनमा हिँड्नुपर्ने हुन्छ । सरकारमा बस्दाखेरि मैले एउटा सबाल बढी महसुस गरेको छु । सडकमा हुँदाखेरि व्यक्ति वा समुदाय, समूह वा वर्गको अधिकारको कुरा बढी गरिन्थ्यो । त्यही नै सबैथोक हो जस्तो लाग्थ्यो । तर सरकारमा बस्दा भने देशको सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रणालीको सुरक्षा र नागरिक तथा समुदायको सुरक्षा सँगसँगै गर्नुपर्ने रहेछ । तब मात्रै सन्तुलन हुने रहेछ ।

अहिले समन्यायिक सन्तुलनको क्षेत्र विस्तार गरेको छु । त्यसका आयाम विस्तार गरेको छु । यो भनेको एउटा परिपक्वता हो । सडकमा बस्दा मैले एउटा वर्ग, समुदाय, व्यक्ति विशेषको न्यायका लागि अधिकतम लागें । तर अर्को पाटो पनि छ । हामीले प्रणाली पनि जोगाउनुपर्छ । यो प्रणालीभित्र व्यवस्था छ । राजनीतिक व्यवस्था छ । त्यसले राष्ट्रलाई जोगाइदिएको छ होला । समाजलाई जोगाइदिएको छ होला । अराजकतामा जानबाट रोकेको छ होला । त्यसैले, गतिशील हुँदा पनि प्रणालीभित्रबाट बिस्तारै सुदृढ गर्दै जाने हो । एक्कासि धेरै ठूलो छलाङ मार्नेभन्दा पनि प्रणालीलाई सुदृढीकरण र जगेर्ना गर्दै जाने हो । यसरी सन्तुलनमा हिँड्नुपर्ने बोध मैले गृह मन्त्रालयमा आएपछि गरेको हुँ ।

सरकारलाई २१ फागुनमा निर्वाचन गराउने ‘म्यान्डेट’ छ । चुनावी माहोल बनाउनका लागि निर्वाचन आयोगसँग समन्वय गर्ने मन्त्रालयको जिम्मेवारीमा तपाईं हुनुहुन्छ । निर्वाचनका लागि के के काम गर्नुभयो ?

निर्वाचन आयोग संवैधानिक आयोग हो । चुनाव आयोगले नै गराउने हो । सरकारले समन्वय गर्ने हो । म गृहमन्त्री नियुक्त भएपछि भोलिपल्टको पहिलो बैठक नै निर्वाचन आयोगसँग गरेको थिएँ । कायममुकायम प्रमुख आयुक्तसँग कसरी निर्वाचन गर्ने भन्नेबारेमा कुराकानी गरेको थिएँ । निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी गरेको थिएँ । जेन–जीले विद्रोह गरेका थिए, तर उनीहरूकै नाम मतदाता नामावलीमा थिएन । निर्वाचनको घोषणा भइसकेको अवस्था थियो । ऐनमा निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप्न नपाइने व्यवस्था थियो । अर्थात्, विद्रोह गर्नेहरूकै नाम नामावलीमा थप्न नपाइने अवस्था थियो । नामावली दर्ता खुलाउनुपर्छ भनेर छलफल भयो, अध्यादेश ल्याएर खुलाउने सहमति भयो । त्यही दिनदेखि अध्यादेशको मस्यौदा तयार पार्न थालियो । अध्यादेश आयो ।

सुशासनको प्रस्थानबिन्दु नै कानुन कार्यान्वयन हो । सुशासन कायम राख्नुपर्ने भएकाले मापदण्डविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको होदोस्रो, अहिले विदेशमा रहेका नेपालीहरू मताधिकारबाट वञ्चित हुनुभएको छ । देश बाहिरकालाई मताधिकार छैन । उहाँहरू नेपाल आउनलाई धेरै खर्च हुन्छ । विदेशमै भोट हाल्ने व्यवस्था छैन । सर्वोच्च अदालतले यससम्बन्धमा आदेश दिएको पनि आठ–नौ वर्ष भइसक्यो तर फैसला कार्यान्वयन भएको छैन । यसको कार्यान्वयनको सुरुवात गरिहालौं भनियो । मतदाता नामावलीसम्बन्धी अध्यादेश ल्याइहाल्यौं । विदेशमा रहेका नेपालीलाई मताधिकार दिनका लागि धेरै कानुनहरूको अध्ययन गर्नुपर्ने, कुन देशमा कति नेपाली छन्, त्यहाँ कसरी मतदान सम्भव छ ? भन्ने विषयमा अध्ययन गर्नुपर्ने भयो । अध्ययन पनि गर्न लगायौं । देशबाहिरलाई भोटिङका लागि गृह मन्त्रालयले नै कानुन मस्यौदा गरिसकेको छ । अहिले निर्वाचन आयोग र कानुन मन्त्रालयमा पठाइएको छ । सुझाव आएपछि मस्यौदालाई अन्तिम रूप दिन्छौं र क्याबिनेटमा लगेर अध्यादेशका रूपमा जारी गर्छौं । अनि कति ठाउँमा, कसरी सम्भव छ ? सरकारले त्यसको कार्यान्वयनको ढाँचा तयार गर्छ ।

'Police are continuing to investigate incidents that occurred in the name of demonstrations'निर्वाचनसँग सम्बन्धित ‘लजिस्टिक’ अर्थ मन्त्रालयले उपलब्ध गराउने भनेर बजेट छुट्याइसकेको छ । निर्वाचन आयोगले के–कति आवश्यक पर्ने हो भनिसकेको छ । हाम्रा सुरक्षा अंगलाई चाहिने स्रोतसाधनका लागि आवश्यक काम भइरहेको छ । ‘फ्री’ र ‘फेयर इलेक्सन’ हाम्रो ‘म्यान्डेट’ हो । त्यसका लागि पुलिस पोस्ट पुनःस्थापनाको प्रयास गरिराखेका छौं । त्यसमा जनस्तरबाटै सहयोग पनि भएको छ । लत्ताकपडादेखि साधनस्रोत उपलब्ध गराउन काम भइरहेको छ । लुटिएका हतियार फिर्ता गर्न सरकार गम्भीरतापूर्वक लागेको छ । भागेका कैदीबन्दी पनि शान्तिसुरक्षाका लागि धेरै ठूलो चुनौती हो । उहाँहरूलाई फिर्ता गराउन पनि लागिपरेका छौं । यो हाम्रो सर्वाधिक प्राथमिकतामा छ । यसमा दल तथा अरू ‘स्टेकहोल्डर’ लाई पनि आश्वस्त बनाइरहेका छौं ।

निर्वाचनमाथि एमालेले प्रश्न उठाइराखेको छ । अन्य दल तथा नागरिक समाजले पनि शान्तिसुरक्षाको विषयमा प्रश्न गरिरहेका छन् नि ?

शान्तिसुरक्षाको अवस्था सुदृढ भइरहेकोमा सबै सन्तुष्ट हुनुहुन्छ । यसभन्दा बढी सुदृढ हुन्छ । त्यसका लागि के गर्नुपर्छ भन्नेमा सबै ‘स्टेकहोल्डर’ को सुझाव लिएर हामी अगाडि बढिराखेका छौं । अब शान्तिसुरक्षालाई सुदृढीकरण गर्नका लागि आफूलाई पनि सुधार गर्दै र द्वन्द्व घटाउँदै सहज वातावरण बनाउँछौं ।

निर्वाचनकै सन्दर्भमा राष्ट्रपति, आयोग तथा प्रधानमन्त्रीबाट दलहरूसँग छलफल भइसकेको छ । तर दलहरू अझै आश्वस्त भइसकेको देखिँदैन । सरकारसँग थप योजना के छ ?

दलहरू त विद्रोहको निसानामा पर्नुभएको हो । उहाँहरूको व्यक्तिगत रूपमै क्षति भएको छ । धेरै दलका शीर्षस्थ नेताहरूको घर तथा बासस्थानमा क्षति पुगेको छ । उहाँहरू असुरक्षित हुनुहुन्छ भन्ने त वास्तविकता नै हो । तर हामीले सुरक्षाको प्रत्याभूति दिन्छौं । तैपनि दोहोर्‍याएर हामीमाथि फेरि पनि प्रहार हुन्छ कि भन्ने छ । अब हामीले प्रहरी प्रशासनलाई मजबुत बनाउँदै जाने हो । हरसम्भव प्रयास गरिराख्ने हो । पहिला जस्तो कुनै सूचना आउँदा पनि हामी चुप लागेर बस्दैनौं । अब हामी ‘डिटेक्सन’ र ‘प्रिभेन्सन’ मा जान्छौं । कुनै पनि असुरक्षाको सम्भावनालाई सुरुमै पहिचान गर्छौं । त्यसपछि असुरक्षाको सम्भावनालाई रोकथाम गर्छौं ।

विगतमा जनधनको ठूलो क्षति भयो होला, तर अब नहुने गरी सरकारले काम गर्छ । व्यक्तिगत मात्र होइन, राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरमाथि हुने क्षतिका पूर्वसूचनाहरू लिने प्रक्रियामै धेरै केन्द्रित हुन्छ । कुनै विषयको पूर्वसूचना आउनेबित्तिकै सरकार र सुरक्षा निकायहरू बसेर हामीसँग भएका सबै संयन्त्रको परिचालन गर्ने काम हुन्छ । सरकारलाई नागरिकहरूले पनि भरपूर सहयोग गर्नुभएको छ ।

नागरिकको सूचनासमेत लिएर सरकारले कुनै पनि घटना हुनुपूर्व नै सजगता अपनाउनेछ र क्षति हुन नदिन काम गर्नेछ । नागरिकस्तरबाट पनि यसका लागि काम हुन्छ । ‘डिटेक्सन’ र ‘प्रिभेन्सन’ को काम सरकारले सँगसँगै अघि बढाउँछ । यसअघि घटना घटेपछि नियन्त्रण गर्ने र थप क्षति हुन नदिने काम हुने गरेको छ । तर अब घटना नै हुन नदिनेतर्फ सरकारले काम गर्छ । सरकार घटना भएपछि कारबाही गर्नेमा विश्वास गर्दैन । त्यतातिर जानै नपरोस् भन्ने हाम्रो मान्यता छ ।

प्रधानमन्त्री सुशीला कार्कीले विद्यमान राजनीतिक दलहरूलाई परामर्शका लागि बोलाउनुभयो । तर दोस्रो तहका नेताहरू उपस्थित भए । दोस्रो तहका नेताहरूलाई बोलाइएको हो ? शीर्ष तहका नेताहरूसँग छलफल हुन्छ कि हुँदैन ?

यो प्रधानमन्त्री तहबाट भएको हो । यसको जवाफ पनि उहाँबाट नै आउनुपर्छ जस्तो लाग्छ । स्थिति सामान्यीकरण र निर्वाचनको वातावरण बनाउनैका लागि यो छलफल भएको हो । प्रधानमन्त्रीले कुनै पनि दललाई ‘बाइपास’ नगर्ने, बरु साथै लिएर जाने र आफूलाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित सबै पक्षसँग छलफल गर्नुपर्ने भएकाले दलहरूलाई छलफलमा बोलाउनुभएको हो । स्थिति अझै पनि पूर्ण रूपमा सामान्य भइसकेको छैन ।

प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा शीर्ष नेता आउनुभएन, यद्यपि उहाँहरूकै प्रतिनिधिका रूपमा दोस्रो तहका नेताहरू आउनुभएको अर्थमा सरकारले बुझेको छ । शीर्ष नेताहरूको आफ्नो घर नै उजाड छ । विद्रोह गर्नेहरूको लक्ष्यमा उहाँहरू पर्नुभएको छ । विद्रोह गर्ने पक्ष र राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट हुने अवस्था कहिले बन्छ, त्यो भन्न सकिन्न । तर राजनीतिमा स्थायी शत्रु कोही पनि हुँदैन जस्तो लाग्छ । स्थायी शत्रुको व्यवहार गर्नु पनि राम्रो होइन । यसले समाजमा सधैं नकारात्मकता र कलह मात्र कायम राख्छ । हामीले ‘फाइट टु फिनिस’ भन्दा पनि सुदृढीकरण गर्नेमा विश्वास राख्नुपर्छ । कमीकमजोरी सुधार गरेर अगाडि जाने हो । सबैका कमीकमजोरी छन्, त्यसलाई सुधार गरेर नै उन्नत बन्न सकिन्छ ।

विद्रोह चरम अवस्थामा रहँदा शीर्ष नेता र उनीहरूको निवास ‘टार्गेट’मा परेको थियो । त्यसैले पनि शीर्ष नेताहरूले अझै पनि आफूलाई असुरक्षित महसुस गरेको हुन सक्छ । अब स्थिति सामान्यतर्फ अघि बढेको छ । स्थिति सामान्य भएपछि दुवै पक्षका बीचमा सौहार्दपूर्वक भेट हुने अनि सबैसँग छलफल हुने अवस्था आउन सक्छ । यो राजनीति हो । यसमा प्रधानमन्त्रीले नेतृत्व लिनुभएको छ । उहाँले पनि पक्कै केही न केही सोच्नु भएको होला ।

मापदण्डभन्दा धेरै सुरक्षाकर्मी राखेका पूर्वप्रधानमन्त्रीहरूबाट सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय सरकारले लियो । शीर्ष नेताको सुरक्षामा संशय रहेकै बेलामा यस्तो निर्णयले झन् असुरक्षा बढाउँदैन ?

यो धेरै आपत्ति गर्नुपर्ने विषय होइन । हामीले कानुन कार्यान्वयन गरेका हौं । भएको कार्यविधि पालना गरेका हौं । त्यो कार्यविधि म गृहमन्त्री भएपछि बनाइएको पनि होइन । कार्यविधिले दिनेभन्दा धेरै सुविधा अवैधानिक हो । मापदण्डले दिएको सुविधा कसैको पनि हटाएको छैन । मापदण्ड बाहिरको काम हामी गर्न सक्दैनौं । त्यसैले भएको कार्यविधिको कार्यान्वयन मात्र गरेको हो । जेन–जी आन्दोलनको प्रमुख एजेन्डामध्ये एउटा सुशासन पनि थियो । हामी सरकारमा गएपछि सुशासन कायम राख्नुपर्ने भएकाले त्यस्तो निर्णय लिइएको हो । सुशासनको प्रस्थान बिन्दु नै कानुन कार्यान्वयन हो । कानुन कार्यान्वयन नगर्ने भन्ने हुँदैन । कानुनले सबैलाई समान भनेको छ ।

जहाँबाट राजदूत फिर्ता बोलाइएको छ, त्यहाँ परराष्ट्र मन्त्रालयकै कर्मचारीहरूले काम गर्न सक्नुहुन्छ भन्ने सरकारको बुझाइ छ कानुनको संरक्षण पनि हुनुपर्‍यो अनि दुरुपयोग पनि हुनु भएन भनेर सरकारले यस्तो निर्णय लिएको हो । हामीले यही सुनिश्चितताका लागि जस–जसले मापदण्डभन्दा बढी सुरक्षा निकाय लिएर राज्यलाई भार पार्नु भएको थियो, त्यो फिर्ता बोलाएका हौं । प्राविधिक रूपमा हेर्दा, यो भ्रष्टाचारको परिभाषाभित्र पनि पर्ने देखियो । सुरक्षाकर्मी भनेको राज्यको स्रोतसाधन हो । यसलाई कानुनले दिएको भन्दा बढी कसैले पनि प्रयोग गरेर दुरुपयोग गरी भ्रष्टाचार गर्न मिल्दैन । राज्यको स्रोतसाधन मापदण्डविपरीत लिन कसैले पनि मिल्दैन । जसलाई अझै पनि सुरक्षा चुनौती छ भन्ने महसुस भएको छ, उहाँले फेरि निवेदन दिएर थप सुरक्षाकर्मी लिन सकिन्छ । त्यसरी निवेदन आयो भने सरकारले सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउँछ ।

सरकारको मुख्य ‘म्यान्डेट’ निर्वाचन हो । त्यसका लागि हाम्रा राजदूतहरूले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न सक्छन् । तर यसैबीच सरकारले विभिन्न देशका राजदूतलाई बिना कुनै मापदण्ड छानी–छानी फिर्ता बोलायो । किन ?

यो मन्त्रिपरिषद्ले गरेको निर्णय हो । सबै देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छैन । कुन देशमा कस्ता राजदूत राख्ने र कसरी काम गर्ने सरकारको अधिकार पनि हो । जहाँबाट फिर्ता बोलाइएको छ, त्यहाँ परराष्ट्र मन्त्रालयकै कर्मचारीहरूले काम गर्न सक्नुहुन्छ भन्ने सरकारको बुझाइ भएपछि फिर्ता बोलाइएको हो ।

राजदूतजस्तो पदमा नियुक्ति गर्दा नै बेठिक ढंगले भएको र धेरै प्रकारका गुनासोहरू आएका छन् भने सरकारले पुनर्विचार गर्नुपर्छ । देशकै समग्र छविमा असर पर्छ भने सरकारले क्षति कम गर्न राजदूत फिर्ता बोलाउनुपर्छ । औचित्य स्थापित भएर नै सरकारले निर्णय लिएको हो । यसमा दलको वा राजनीतिक आस्थाको कुनै आधार नै छैन । जस्तो एमालेबाट सिफारिस भएकी पूर्वमन्त्री एवं सांसद भएकी शिवमाया तुम्बाहाम्फे, सुम्निमा तुलाधर, नेपाली कांग्रेसको कोटामा नियुक्त भएका भनिएका कपिल श्रेष्ठ, शंकर शर्मा, चित्रलेखा यादवसहित कायम नै छन् ।

'Police are continuing to investigate incidents that occurred in the name of demonstrations'राजदूत फिर्ता बोलाइएका देशमा रहेका दूतावासमा कार्यरत अब्बल कर्मचारीले राजदूत नहुँदा पनि काम गर्न सक्ने देखिएकाले सरकारले यस्तो निर्णय लिएको हो । जति कर्मचारीले काम गर्न सक्थे, त्यति पनि नगर्ने र कर्मचारीहरूले गर्न खोज्दा पनि गर्न नदिने र देशलाई विवादमा पार्ने गतिविधि गर्ने गुनासो आएकाहरूलाई फिर्ता गर्न उचित हुन्छ भन्ने भएपछि सरकारले यो निर्णय लिएको हो । परराष्ट्र मन्त्रालयले पनि यो कुरा बुझेको हुन्छ । अनि प्रधानमन्त्री कार्की स्वयम् आफैंले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण उहाँले पनि बुझेर र गुनासोकै आधारमा यो निर्णय लिइएको हो । यो प्रधानमन्त्रीकै विषय भएकाले उहाँकै नेतृत्वमा भएको हो ।

जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचार छानबिनका लागि अलग्गै आयोग बनाउनुपर्ने माग उठेको थियो । त्यस्तै, संविधानमा संशोधनको माग पनि उठेको थियो । यी कामका लागि आयोग गठन गर्ने विषयमा सरकारले केही गरिरहेको छ ?

भ्रष्टाचार नियन्त्रणमा त सरकारले प्राथमिकता दिएरै काम गरेको छ । विगतमा सार्वजनिक रूपमा चर्चामा आएका फाइलहरू जसरी रोकिएका थिए, अब तीमाथि अनुसन्धान सुरु भएको छ । अब कुनै पनि फाइल केही बहानामा रोकिँदैन । राजनीतिक कारणले वा हस्तक्षेप गरेर अनुसन्धान रोक्ने वा कसैलाई उन्मुक्ति दिने गरी अनुसन्धान गर्नु भनेर भन्ने काम हुँदैन । हामीले मातहतका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण निर्माण गरेका छौं । सरकारले कुनै हस्तक्षेप गर्दैन । काम गर्ने वातावरण भएपछि यी संस्थाहरू आफैं क्रियाशील हुन्छन् नै । केहीमा परिणाम देखिन थालेको छ, केहीमा काम भइरहेको छ ।

२३ र २४ भदौमा भएको घटनामध्ये केही नियमित फौजदारी कसुरअन्तर्गत कारबाहीको दायरामा ल्याउनुपर्ने थिए । २३ भदौनिहत्थामाथि गोली प्रहार गर्ने र २४ भदौ विध्वंस मच्चाउनेमाथि किन फौजदारी अनुसन्धान भएन ? किन जाँचबुझ आयोगतर्फ पन्छाउने काम भयो ?

त्यस्तो छैन । कहाँबाट कारबाही होस् भन्ने पीडितको अधिकारको कुरा हो । यसका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । पीडित आयोगमा जान वा प्रहरी कार्यालय जाहेरी लिएर जान स्वतन्त्र छ । कतिपय घटनामा प्रहरी आफैंले अनुसन्धान गर्न सक्छ । ऐनले जे प्रक्रिया भनेको छ, त्यहीअनुसार अघि बढ्नुपर्छ । ऐनले जुन निकायमा उजुर गर्ने भनेको छ, त्यहीं गर्ने हो ।

यदि उक्त निकायले उजुरी लिएन भने त्यसभन्दा माथिल्लो निकायमा जान पाउने व्यवस्था पनि छ । जस्तो, प्रहरीले लिएन भने सरकारी वकिल कार्यालय जान पाइन्छ । अदालतसम्म जान पाइन्छ । यो गृह मन्त्रालयसम्म आइपुग्नुपर्ने विषय होइन । गृह मन्त्रालयले काम गर्नका लागि आवश्यक वातावरण बनाउँछ । घटनाको स्वतन्त्रतापूर्वक अनुसन्धान र अभियोजन गर्ने वातावरण बनाउँछ । अहिले यो वातावरण बनाउने काम गृह मन्त्रालले गरिरहेको छ ।

एउटा पक्षले २४ भदौको घटनामा कारबाही गर्न हुँदैन भन्ने, तत्कालीन राज्यपक्षले २३ भदौको बल प्रयोग र हिंसात्मक घटनाको अनुसन्धान गर्न हुँदैन भन्ने चेपुवामा परेपछि सरकारले नियमित फौजदारी अनुसन्धानको काम जाँचबुझ आयोगलाई देखाएर पन्छिन खोजेको हो ?

मैले अघि पनि भनें । यसमा सरकारले हस्तक्षेप नगर्ने मात्र हो । गृह मन्त्रालयले अनुसन्धानमा हस्तक्षेप गरेको छैन । दुवै दिनको घटनामा पीडित भएकाहरूले उनीहरूले जहाँबाट न्याय महसुस गर्न सक्छन्, त्यहीं जान पाउँछन् । सरकारले निकायहरू बनाउने हो । स्थिति सामान्यीकरण गर्ने हो । त्यो गरेको छ । यी निकायहरूबाट पीडित वा पीडक दुवैलाई चित्त बुझेन भने अदालत जान सक्छन् । यो बाटो सधैं खुल्ला छ ।

कानुन कार्यान्वयनका लागि आवश्यक व्यवस्था सरकारले गरिदिएको छ । त्यसको पूर्वाधार र संयन्त्र निर्माण पनि भएको छ । अब त्यसको उपयोग गर्ने काम त नागरिकको पनि हो । यसमा राज्य र नागरिक दुवैको सहकार्य चाहिन्छ । यसमा अदालतले पनि व्याख्या गर्ला । नत्र राज्यका निकाय र संयन्त्रहरू बनेका छन् र ती स्वतन्त्र छन् भने भरोसा गर्नुपर्छ । सरकारले २३ र २४ भदौका दुवै दिनका घटनाहरूका छानबिनका लागि जाँचबुझ आयोग बनाएको छ । अनि प्रहरीले पनि आफ्नो अनुसन्धान जारी नै राखेको छ । प्रदर्शनका नाममा भएका घटनाको अनुसन्धान गर्न प्रहरी स्वतन्त्र छ । 

तपाईंले जाँचबुझ आयोगको कुरा गर्नुभयो । यो आयोगलाई त कतिपय दल र विशेषतः एमालेका अध्यक्ष केपी शर्मा ओलीले त स्वीकार नगर्ने र बयानमा पनि नजाने भनेर चुनौती दिनुभएको छ । आयोगले बयानमा बोलाउँदा जानुभएन भने प्रहरीले पक्राउ गर्छ कि गर्दैन ?

यसबारे जतिखेर विषय आउँछ, त्यही समयमा नै टिप्पणी गर्न उपयुक्त होला । अहिले भर्खर आयोगले काम थालेको छ । आयोगको क्षेत्राधिकारभित्र प्रवेश गरेर मेरो कुनै पनि टिप्पणी छैन । तत्कालीन समयमा आयोगले नै के गर्ने भन्ने निर्णय लिने हो । आयोगका पदाधिकारीबारे पनि मैले टिप्पणी गर्न मिल्दैन । विधिको शासन सबैले मान्नुपर्छ । असन्तुष्टि राख्न पाइन्छ । त्यसमा स्वमूल्यांकन आफैंले गर्नु उपयुक्त हुन्छ । यसमा सरकारले हस्तक्षेप हैन, स्वयम् व्यक्तिले नै आफूले आफूलाई स्वमूल्यांकन गर्नुपर्छ ।

तपाईं अहिले सरकारमा हुनुहुन्छ । विद्यमान राजनीतिक दलभन्दा फरक राजनीतिक दल बनाउने कसरतमा भएको भन्ने चर्चा पनि छ । कुनै राजनीतिक दलमा आबद्ध हुने योजना छ कि छैन ?

म अहिले कुनै पार्टीमा छैन । सरकार पनि गैरदलीय हो । ‘फ्री एन्ड फेयर इलेक्सन’ का लागि नै गैरदलीय सरकार बनाइएको हो । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भन्दै सरकारमा सहभागी हुने अनि कुनै दलसँग आबद्ध हुने कुरा आफैंमा पक्षधरता हो । यसरी कुनै एउटा दलमा लागेपछि त्यसको पक्षधरता हुन सक्छ ।

त्यसैले चुनावका लागि बनेको सरकारका मन्त्रीहरूले दलीय पक्षधरता देखाउनु राम्रो हुँदैन । त्यसैले त्यो प्रक्रियाबाट म आफूलाई अलग गराउँछु । अरू कसैको छ भन्ने विषयमा मलाई सोध्नमिल्दैन । म जता भए पनि एउटा कित्ता रोज्नुपर्ने भएकाले सुशीला कार्की नेतृत्वको निर्वाचन गराउने अन्तरिम सरकारको गृहमन्त्री मात्र रहन्छु । प्रधानमन्त्रीले जे भन्नुहुन्छ, त्यही ‘फ्रेमवर्क’भित्र रहेर मैले काम गर्ने हो । त्यसभन्दा बाहिर जाने मलाई छुट छैन । उहाँलाई स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । हामी त्यसैका लागि प्रधानमन्त्रीको सारथि भएका हौं । त्यो भूमिका इमानदार भएर निभाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

२१ फागुनमा तोकिएको निर्वाचन सर्ने आशंका पनि व्यक्त हुने गरेका छन् ? त्यस्तो सम्भावना छ ?

२१ फागुनमा निर्वाचन हुन्छ । यसमा केही पनि तलमाथि हुँदैन । निर्वाचन सर्छ कि भनेर आशंका राख्न जरुरी छैन । यसमा दलहरू पनि तयार हुनुपर्छ । दलहरूका पनि नभनिएका कुरा हुन सक्छ । भन्दा शान्तिसुरक्षा भनिएला, तर अरू नै लुकेका स्वार्थका कारण हुन सक्लान् । आफ्नो पक्षमा माहोल कति छ भनेर पनि दलहरूले निर्णय गर्न खोज्लान् वा निर्वाचन लम्ब्याउन खोज्लान् तर सरकार त्यसको पक्षमा छैन ।

'Police are continuing to investigate incidents that occurred in the name of demonstrations'शान्तिसुरक्षा हामी दिन्छौं । सरकारले भड्काउने कुरा केही पनि गर्दैन । कानुन कार्यान्वयन गर्दै स्थिति सामान्यीकरणतिर सरकार लागेको छ र हुन्छ पनि । हामी अगाडि बढेर निर्वाचन गर्ने नै हो । दलहरूले यही प्रक्रियामा गएर आफ्नो लोकप्रियता देखाउन सक्छ र अवस्था फरक भएको छ भने सफलता हासिल पनि गर्न सक्छन् । हामीले त ‘फ्री एन्ड फियर इलेक्सन’ को वातावरण बनाउने हो । आफू कति लोकप्रिय छु भनेर परीक्षा दिने त दलहरूकै काम हो । यहीबीचमा पनि समय छ, लोकप्रियता हासिल गर्न सकिन्छ । सरकारले निष्पक्ष रूपमा र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन हरसम्भव कोसिस गर्छ ।

संसद् विघटनको विवाद सर्वोच्च अदालत पुगेको छ । १२ कात्तिकदेखि सुनुवाइ पनि हुँदै छ । अदालतले संसद् पुनःस्थापना गरिदियो भने सरकारले के गर्छ ?

अदालत पुगेका विषयमा हामीले टिप्पणी गर्नु उपयुक्त हुँदैन । सरकारले अदालतले सुनाउने सबै निर्णय मान्दछ र कार्यान्वयन पनि गर्दछ । अदालतको पनि आफ्नो क्षेत्राधिकार छ । यसले यी सबै परिस्थिति र संविधान सबैको मूल्यांकन गर्छ । सरकारले आफ्नो प्रतिरक्षा गर्छ, त्यसबाहेक केही गर्दैन ।

जेन–जीले देशमा परिर्वतन गराए । तर उनीहरू नै विभाजित भएर सडकमा आइरहेका छन् । त्यसमा हुने घुसपैठले कतै शान्तिसुरक्षा त बिथोलिँदैन ? अनि निर्वाचन नै अन्योलमा त पर्दैन ? भन्ने आशंका पनि छन् नि ?

सरकारले भयरहित निर्वाचनका लागि सबै वातावरण बनाउँछ । यसमा सडक वा सरकारका कारण कुनै असर पर्न दिने काम हुँदैन । शान्तिसुरक्षाको कुनै मुद्दा आउन दिँदैन । हामीले शान्तिपूर्ण र अहिंसात्मक रूपमा वार्तामा बसेर सबैका कुरा सुन्छौं । सडक प्रदर्शन भनेको वार्ताका लागि दबाब हो । सरकारसँग जोसुकैले पनि वार्ता गर्न पाउँछ ।

कतिपय माग सरकारले तत्कालै पूरा गर्छ, कतिपय दीर्घकालीन हुन्छ र त्यसका लागि निर्वाचनबाट बहुमत लिएर आउनुपर्ने हुन्छ । निर्वाचनमा भाग लिई जनताबाट अनुमोदित भएर संविधान नै संशोधन पनि गर्न सकिन्छ । निर्वाचनमार्फत आफैंले अग्रसरता लिई सरकार बनाएर पूरा गर्नुपर्ने माग छन् भने यो अन्तरिम सरकारले पूरा गर्न सक्दैन । त्यो सबैले स्वीकार गर्नुपर्छ ।

कान्तिपुर

Link copied successfully