'पार्टीहरू लोकतान्त्रिक भएनन् भने मुलुकको लोकतन्त्र पनि संस्थागत हुँदैन'

पुस १९, २०८१

कान्तिपुर संवाददाता

If the parties are not democratic, the country's democracy will not be institutionalized.

काठमाडाैं — नेपालका प्रमुख राजनीतिक पार्टीहरूको आन्तरिक लोकतन्त्र कमजोर भएका कारण उनीहरूले मुलुकको लोकतन्त्र संस्थागत गर्न चुकेको अनुसन्धानले देखाएको छ । पार्टीहरू किन पार्टीभित्र र बाहिर स्वस्थ ढंगले लोकतान्त्रिक अभ्यास गर्न सक्दैनन् भन्नेबारेमा राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण पोखरेलसँग गरिएको कुराकानी :

दलहरूको आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ?

यसले पार्टीको हित गर्दैन भनेको हो । त्यो निर्णय प्रक्रिया पनि पारदर्शिता थिएन भनिन्छ । यो प्रक्रिया हेर्दा एमालेमा ‘मेरोविरुद्ध प्रश्न उठाउन पाउँदैन’ भनेजस्तो भयो । यो आन्तरिक लोकतन्त्र होइन ।

हामीकहाँ भएको कम्युनिस्ट पार्टी प्रतिस्पर्धा गर्ने पार्टी हुन् । आफूलाई लोकतान्त्रिक भन्दै आएका छन् । उनी लोकतान्त्रिक अभ्यासभन्दा बाहिर जान मिल्दैन । एमाले आफूलाई सबभन्दा बढी लोकतान्त्रिक पार्टी बनाउने भन्दै आएको छ । तर अहिले व्यवहारमा त्यो देखिँदैन । एमालेमा मनमोहन अधिकारी, मदन भण्डारीले प्रतिस्पर्धात्मक विधि बसालेका थिए ।माओवादीले आन्तरिक लोकतान्त्रिकरण अभ्यास सिक्दैछ भन्न सकिन्छ । फरक मतलाई स्वभाविक रूपमा लिएको पाइँदैन ।

कांग्रेस भने पूरै खुला छ । त्यहाँ नेता, व्यापारी, किसान जसले जे कुरा राखे पनि हुन्छ । कांग्रेसमा शेखर कोइराला गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसको विचारको खुलेआम छलफल हुन्छ । कांग्रेस एउटा खुला मोर्चा हो ।

दलहरूको आन्तरिक लोकतन्त्र बलियो भएन भने मुलुकको लोकतन्त्र बलियो संस्थागत हुँदैन भनिन्छ नि ?

पार्टीहरू आफू लोकतान्त्रिक ढंगले चल्न सकेनन् भने मुलुकको लोकतन्त्रलाई संस्थागत गर्ने विश्वास हुँदैन । मुलुक लोकतान्त्रिक हुन पार्टीहरू आन्तरिक रूपमा पनि लोकतान्त्रिक हुनैपर्छ । महाधिवशेनमा नेतृत्व चयन, निर्वाचनमा उम्मेदवार छनोट पनि पारदर्शी र लोकतान्त्रिक ढंगले हुनुपर्छ ।

अर्को कुरा हामीकहाँ दलहरू पारदर्शी नहुनु समस्या नै भएको छ । अरु देशमा निर्वाचन आयोगले पार्टीले आफ्नो चन्दा कहाँबाट ल्यायो भन्ने मसिनो गरी हेर्छ । यहाँ दलले खर्चको फाँटबारी आयोगमा बुझाए पुग्यो । कति जायज छ, छैन भनेर हेर्दैन । पार्टी र उम्मेदवारले निर्वाचन खर्च कहाँबाट ल्यायो भन्नु पर्दैन ।

दलहरू किन अलोकतान्त्रिक हुन खोज्दैछन् ?

नेतृत्वनै अलोकतान्त्रिक हुँदै गएका छन् । संविधान सहमतिको दस्ताबेज हो । संघीयतालाई कार्यान्वयन गर्न दलहरूले निजामति, प्रहरी ऐन ल्याएकै छैनन् । पहिले संविधानमा लेखेको कुरा कार्यान्वयन हुनुपर्छ । त्यसपछि कहाँकहाँ समस्या आउँछ अनि मात्र संशोधनको कुरा हुन्छ । आफूलाई लोकतान्त्रिक भन्ने दलहरूमा इमान्दारी देखिँदैन । सत्ताशक्ति केन्द्रित देखिन्छन् ।

लोकतन्त्र संस्थागतमा दलहरूको भूमिका कमजोर

कान्तिपुर

Link copied successfully