शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य नियुक्त गर्न पाउने निर्णय गरेको थियो ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

Shailendra Jha appointed as advisor to the Ministry of Education and Sports

काठमाडौँ — शिक्षा तथा खेलकुद मन्त्रालयले शैलेन्द्र झालाई सल्लाहकार नियुक्त गरेको छ । ह्युबर्ट एच. हम्फ्रे फेलोसिपअन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न झालाई मन्त्रालयले सल्लाहकार नियुक्त गरेको थियो ।

यसअघि झा वालेन्द्र शाह मेयर हुँदा काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए ।  झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य नियुक्त गर्न पाउने निर्णय गरेको थियो । अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।

कान्तिपुर

Link copied successfully