कृषि तथा वन विज्ञान विश्वविद्यालयको शनिबार पाँचौँ दीक्षान्त समारोह

२१ सय ९३ विद्यार्थी दीक्षित हुँदै 

असार ५, २०८३

रमेशकुमार पौडेल

Fifth convocation ceremony of the University of Agriculture and Forestry on Saturday

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह शनिबार हुँदैछ । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह हुने छ । विश्वविद्यालयका रजिस्ट्रार डा.सुबिर सिंहले पाँचौँ दीक्षान्त समारोहमा कृषि, पशुविज्ञान तथा वन विज्ञानमा गरेर स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पीएचडी)का २ हजार १ सय ९३ जना दीक्षित हुने बताए ।

सबै संकाय र कार्यक्रम गरी १ हजार ८ सय ३६ जनाले स्नातक, ३ सय २७ ले स्नातकोत्तर र ३० जनाले पीएचडी उपाधिसहित दीक्षित हुने रजिस्ट्रार सिंहले जानकारी दिए । चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएको १६ वर्ष पुगेको छ । त्रिभुवन विश्वद्यिालयको आंगिक क्याम्पस रहेको रामपुर कृषि क्याम्पसमा २०६७ सालको असार ३ गते कृषि विश्वविद्यालय खुलेको हो । 

त्यसयता हालसम्म ५ हजार ९ सय ६ जनाले स्नातक, स्नातकोत्तर र पीएचडी उत्तीर्ण गरेका छन् । सबैभन्दा धेरै कृषिमा स्नातक गर्ने ३ हजार १४ जना छन् । सबै संकाय र कार्यक्रमा गरी हालसम्म कुल ४ हजार ४ सय ८ जनाले स्नातक, १ हजार ४ सय २६ जनाले स्नातकोत्तर र ७२ जनाले पीएचडी गरेको रजिस्ट्रार सिंहले जानकारी दिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully