विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमनका लागि नयाँ नियमावली ल्याइँदै

शिक्षा मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूका गुनासो समाधानका लागि नियमावलीको मस्यौदा अर्थ तथा कानुन मन्त्रालय पठाइएको बताए।

जेष्ठ १०, २०८३

न्युज एजेन्सी नेपाल

New regulations being introduced to regulate colleges affiliated with foreign universities

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएकका छन् । 

आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । 

‘फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूलाई व्यवस्थित बनाउनका लागि कुन हिसाबको कुन युनिभर्सिटीलाई सम्बन्धन दिन मिल्ने कुनलाई नमिल्ने ? यसको रेगुलेसन के हुने ? नेपाली युनिभर्सिटीहरूलाई हामीले रेगुलेट गरिरहेका छौँ, नेपाली कलेजलाई रेगुलेट गरिरहेका छौँ तर फरेन युनिभर्सिटी एफिलिएटेड कलेजलाई आजसम्म राम्रोसँगले रेगुलेट पनि भइरहेको छैन । यसलाई हामीले व्यवस्थित बनाउन नियमावली तयार पनि गरेर हामीले ड्राफ्ट पनि सम्बन्धित मन्त्रालयहरूमा पठाइसकेका छौँ । सम्भवत यो हप्ताभित्रै अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट टिप्पणी सदर गरेर अर्को मन्त्रिपरिषद् बैठकमा हामीले पठाउनेगरि काम गरिरहेका छौँ,' उनले भने । 

विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि पनि काम अगाडि बढाइसकिएको उनले जानकारी दिए । स्थानीय तहसँगको समन्वयमा दरबन्दी मिलानको कार्य अघि बढिरहेको उनको भनाइ छ । 

न्युज

Link copied successfully