शिक्षामन्त्रीको प्रस्टीकरण: एसईई पछिको ब्रिजकोर्स र ट्युुसन सेन्टर रोकेका हौं

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कक्षा १० सकेर, एसईई दिएपछि कक्षा ११ लागि ब्रिजकोर्स, ट्युसन सेन्टर वैशाख १ गतेसम्म रोक्ने भनेका हौं ।’

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Education Minister's clarification: We have stopped post-SEE bridge courses and tuition centers

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ब्रिजकोर्स र प्रवेश परीक्षा (इन्ट्रान्स) तयारी कक्षाबारेको निर्णयबारे प्रस्टीकरण दिएका छन् । 

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कक्षा १० सकेर, एसईई दिएपछि कक्षा ११ लागि ब्रिजकोर्स, ट्युसन सेन्टर वैशाख १ गतेसम्म रोक्ने भनेका हौं ।’ उनले सरकारले एसईई दिएका विद्यार्थीलाई प्राथमिकतामा राखेका र नतिजा प्रकाशन गर्ने अवधि पनि छोटो बनाएको जनाए । ‘एसईई दिएका विद्यार्थीलाई कोचिङ सेन्टर, ब्रिजकोर्सले भर्नाका लागि तानातान गर्छन् । त्यसलाई रोक्न लागेको हो,’ मन्त्री पोखरेलले भने । त्योभन्दा माथि एमबीबीएस, इन्जिनियरङलगायत उच्च शिक्षाका विद्यार्थीलाई ट्युसन सेन्टर, ब्रिजकोर्स नरोकिने उनले प्रष्टाए ।

आइतबार शिक्षा मन्त्रालयले विद्यालयदेखि उच्चशिक्षा सम्मको इन्ट्रान्स कक्षा र ब्रिजकोर्सका कार्यक्रम बन्द गर्ने निर्णय भएको विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको थियो । लगत्तै शिक्षामन्त्री पोखरेलले उक्त निर्णय कक्षा १२ सम्म मात्र लागू हुने सूचना जारी गरेका थिए । विज्ञप्ति र सूचनाको व्यहोरा फरक भएपछि मन्त्रालयको वेबसाइटबाट उक्त निर्णय सम्बन्धित विज्ञप्ति हटाइएको छ ।

कान्तिपुर

Link copied successfully