पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना दीक्षित हुँदै

२१ औं दीक्षान्त समारोहमा विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका विद्यार्थी दीक्षित हुनेछन् ।

फाल्गुन ८, २०८२

रासस

6,622 students of Pokhara University are graduating

गण्डकी — पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना आज दीक्षित हुँदै छन् ।

पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने  विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

व्यवस्थापन संकायबाट ३ हजार ६२५, विज्ञान तथा प्रविधि संकायबाट २ हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र संकायबाट १२६ जनालाई उपाधि दिइनेछ । 

उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बीसीए कार्यक्रममा उच्चतम अंक ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डिन लिस्ट’ उपाधिबाट सम्मान गरिनेछ । 

रासस

Link copied successfully