उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका छन्
काठमाडौँ — उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । हिसानको शनिबार सम्पन्न नवौं महाधिवेशनबाट शर्मा १६० मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यसअघि रमेश सिलवाल अध्यक्ष हुँदा शर्मा वरिष्ठ उपाध्यक्ष र भण्डारी महासचिव थिए । उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका छन् । ५ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदा उनीहरू निर्वाचित भएका हुन् ।
महासचिवमा रामहरि सिलवाल १४८ मत प्राप्त गर्दै विजयी भएको हिसानले जनाएको छ । उनको प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य, हरिन्द्र लामिछाने निर्विरोध चयन भए ।
सचिवमा कृष्णप्रसाद पौडेल, जीवन लामा गोले, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोका, रोजश कार्की र बलराम पन्त विजयी भएका छन ।
७ जना सचिवका लागि ९ जना प्रतिस्पर्धामा थिए । कोषध्यक्षमा शिवप्रसाद अधिकारी निर्विरोध भएका छन् । सदस्य पदका लागि पनि निर्वाचन भएको थियो । ६७ सदस्यीय हिसानको केन्द्रीय समिति रहने व्यवस्था छ ।
