त्रिविमा शिक्षाशास्त्र संकायको प्रश्नपत्र हुबहु

अघिल्ला वर्ष सोधिएका प्रश्नलाई तलमाथि पारेर प्रश्नपत्र तयार पारेको भेटिएको हो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Question paper of the Faculty of Education at Tribhuvan University is exactly the same.

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र गतवर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको छ ।

प्रश्नपत्र तयार पार्ने अध्यापक, विषय समिति र डिन कार्यालयको लापरबाहीले प्रश्नपत्र दोहोरिएको विद्यार्थीले गुनासो गरेका छन् । 

शिक्षा तथा विकास विषयको कोड नम्बर ५३३ को प्रश्नपत्र गतवर्ष (२०८१) सँग अधिकांश प्रश्न हुबहु रहेको छ । ‘अघिल्लो वर्षका प्रश्नहरु तलमाथि पारेर झुक्याउने काम भएको छ,’ एक विद्यार्थीले भने । अघिल्ला वर्षहरुमा पनि प्रश्नपत्र दोहोरिएको भन्दै त्रिविको आलोचना हुँदै आएको थियो । 

त्रिविले छानबिन समिति गठन गरी दोषीलाई सचेत गराएर पनि प्रश्नपत्र हुबहु दोहोरिने क्रम भने रोकिएको छैन । प्रश्नपत्र दोहोरिएको विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत उजुरी परेको थियो । समितिले छानबिन गरी कानुनी दायरामा ल्याउन त्रिविलाई निर्देशनसमेत दिएको थियो ।

शिक्षाशास्त्र संकायका डिन बेदराज आचार्यले प्रश्नपत्र दोहोरिएको भेटिएपछि सम्बन्धित शिक्षक, विषयगत समिति र सहायक डिनलाई मौखिक रुपमा सचेत गरिएको बताए । ‘केही प्रश्नहरु गतवर्षको प्रश्नसँग मिलेको देखियो,’ उनले भने, ‘किन त्यस्तो भयो भनेर सोधेको छु ।’ 

गतसाता भएको परीक्षामा ८ वटा प्रश्नमध्ये कम्तीमा ५ भन्दा बढी प्रश्न अघिल्लो वर्षको प्रश्नसँग हुबहु मिलेको ती विषयका शिक्षकहरुले बताए । केही प्रश्नहरु मिलेपछि हुबहु दोहोरिने प्रवृत्ति रोक्न निर्देशन दिएको डिन आचार्यले बताए ।

Question paper of the Faculty of Education at Tribhuvan University is exactly the same.

Question paper of the Faculty of Education at Tribhuvan University is exactly the same.

कान्तिपुर

Link copied successfully