कोशीमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूले प्रस्तुति दिएका छन् ।

मंसिर २६, २०८२

अर्जुन सुवेदी

First international educational conference in Koshi

सुनसरी — दिगो तथा भरपर्दो नेतृत्व र संस्कारयुक्त विद्यालय निर्माणको मुख्य उद्देश्यका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोसी प्रदेशले पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूले प्रस्तुति दिएका छन् ।

विद्यार्थीलाईभन्दा सुरुमा विद्यालय नेतृत्वलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको सम्मेलनमा तीन सय प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।

First international educational conference in Koshi

सम्मेलनमा नेपाल सहित भारत, बेलायतका शिक्षाविद्हरूले प्रविधिको सही प्रयोग नगर्दा बालबालिकाको भविष्यमा पार्ने प्रभाव, शिक्षकलाई एआईको प्रयोग, विद्यार्थीको विकासको लागि अभिभावक र विद्यालयको भूमिका र शिक्षक नेतृत्वको माध्यमबाट विद्यालयको वातावरण सुधार गर्ने र त्यसको प्रभाव जेन–अल्फा पुस्तासम्म पुर्‍याउने लक्ष्यको बारेमा प्रस्तुति दिएका थिए ।

वक्ताहरूले सामाजिक संरचनाहरू कमजोर बन्दै गएको र बालबालिकाको संवेगात्मक विकासमा गम्भीर प्रभाव परेकाले भविष्यको पुस्तालाई खतराबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याए ।

अर्जुन

Link copied successfully