आर्थिक वर्ष २०८२/०८३ को त्रिवि नीति तथा कार्यक्रममा पुनर्संरचना गर्ने नीति कार्यान्वयनका लागि उच्चस्तरीय आयोग गठन गरी काम अघि बढाउने उल्लेख छ ।
काठमाडौँ — सबैभन्दा जेठो र ठुलो त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्न आयोग गठन हुने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को त्रिवि नीति तथा कार्यक्रममा पुनर्संरचना गर्ने नीति कार्यान्वयनका लागि उच्चस्तरीय आयोग गठन गरी काम अघि बढाउने उल्लेख छ ।
त्रिविका क्याम्पसहरू ७६ जिल्लामा विस्तार भएको छन् । ०७२ देखि नै त्रिविको पुनर्संरचना गर्नुपर्ने विज्ञहरूले सुझाव दिदैं आए पनि कार्यान्वयन हुन सकेको छैन । त्रिविलाई मुलुकको संघीयता अनुकूल हुने गरी प्रदेश तहमा पुनःसंरचना गर्नुपर्ने, ठुला क्याम्पसलाई स्वायत्तता दिनुपर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
त्रिविको पुनःसरंचना नहुँदा व्यवस्थापनमा कठिनाइ भएको गुनासो छ भने प्रदेश स्तरमा पनि जथाभावी विश्वविद्यालय स्थापना हुने गरेका छन् । उपकुलपति दीपक अर्यालले बुधवार बस्ने त्रिवि सभामा नीति तथा पेस गर्ने र पारित गर्ने कार्यक्रम छ ।