तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुक्रबारदेखि 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभाग र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीको स्कुल अफ पब्लिक एड्मिनिस्ट्रीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Third Para-Himalayan Communication and Social Development Conference from Friday

काठमाडौँ — तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभाग र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीको स्कुल अफ पब्लिक एड्मिनिस्ट्रीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । त्रिविको पत्रकारिता केन्द्रीय विभाग कीर्तिपुरमा हुने सम्मेलनमा सञ्चार, डिजिटल शासन, सामाजिक विकास र हिमालय क्षेत्रको आपसी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । 

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्क केसी, उपकुलपति दिपक अर्यालले सम्बोधन गर्नेछन् । 

शनिबारसम्म चल्ने सम्मेलनमा नेपाललगायत अमेरिका, चीन, बंगलादेश, भुटान, भारत, श्रीलंका, जापान गरी आठ देशका विद्वान, अनुसन्धानकर्ता तथा सञ्चार विज्ञहरू सहभागी हुनेछन् । 

कान्तिपुर

Link copied successfully