सिंहदरबारमा बैठकपछि शिक्षा विधेयकलाई छलफल गरेर अन्तिम चरणमा पुर्याइएको जानकारी दिइयो।
काठमाडौँ — नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिट्टै पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभूत छलफल गरेर अघि बढाइएको बताए । उनले विधेयक अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिट्टै टुंग्याउनुपर्ने बताए ।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा आइसकेपछि घनिभूत ढंगले छलफल गरेका छौँ । हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरूको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ । प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनेका छौँ, त्यो भन्दा १० भन्दा नै सुहाउँछ । विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ, शब्द नै आउनुपर्छ । आवासीय छात्रवृत्तिको कुरा आएको छ ।’
सांसद हजाराले विधेयक छिट्टै टुंग्याउनुपर्ने जरुरी भइसकेको बताए ।
