काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिस्ट्रार पदमा प्राध्यापक कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्राध्यापक बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गरेका हुन् ।
मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी थिइन् । उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छन् ।
