बढ्दो गर्मीले डाक्नेश्वरीका विद्यालयमा दुई दिन बिदा

जेष्ठ २८, २०८२

विद्यानन्द राम

Dakneswari school has two days off due to rising heat

राजविराज — बढ्दो गर्मीले विद्यार्थीलाई असर पर्नसक्ने भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै सामुदायिक र निजी विद्यालयमा बिहीबार र शुक्रबार गर्मी बिदा दिएको हो ।

‘बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहीबार र शुक्रबारसम्मका लागि विद्यालयका प्रशासनिकबाहेक पठनपाठन कार्य स्थगन रहने,’ नगर प्रमुख रामलखन मलाहले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहान ८ देखि साँझ साढे ५ बजेसम्मै चर्को घाम रहँदा यहाँका जनजीवन प्रभावित भएको छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully