गर्मी बढेपछि इटहरीमा बुधबार विद्यालय बन्द गरिने

जेष्ठ २७, २०८२

अर्जुन सुवेदी

School will be closed in Itahari on Wednesday due to heat

सुनसरी — केही दिनयता बढेको अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । 

गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बुधबार एक दिन बिदा दिइएको हो । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै शिक्षण संस्थाहरूबाट गुनासो आएपछि इटहरी उपमहानगरपालिकाले बुधबार सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बर्से बिदाबाट कटौती हुने गरी बिदा दिएको इटहरी उपमहानगर पालिकाका कार्यवहाक नगर प्रमुख संगीताकुमारी चौधरीले जनाइन् । 

केही दिनयता तापक्रम अत्यधिक बढ्न थालेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।

अर्जुन

Link copied successfully