नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षसहितले गरे त्रिवि उपकुलपति कार्यकक्षमा तोडफोड [अपडेट]

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

The Swaviyu president elected from the Union of Indian Union vandalized the Vice-Chancellor's office [update]

काठमाडौँ — सत्तारुढ कांग्रेसनिकट नेविसंघबाट स्ववियुमा निर्वाचित अध्यक्षसहितका कार्यकर्ताले बुधबार  त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमातोडफोड गरेका छन् । निमित्त उपकुलपति खड्ग केसी त्रिवि शिक्षण अस्पताल गएका बेला पुगेका विद्यार्थीको समूहले कार्यकक्ष तोडफोड गरी फर्केको कर्मचारीहरूले बताएका छन् । 

विद्यार्थीहरूले तोडफोडपछि विज्ञप्तिसमेत टाँसेका छन् । जसमा पदमकन्या क्याम्पसमा नेविसंघका वागी उम्मेदवारका रूपमा विजयी स्ववियु अध्यक्ष भुपीश्वरी ऐर, पाटन क्याम्पसमा नेविसंघबाट निर्वाचित अध्यक्ष रोहित कपालीलगायतको नाम उल्लेख छ ।

भक्तपुर क्याम्पसका स्ववियु सभापति पुकार पराजुली, शंकरदेव क्याम्पसका नेविसंघ कार्यकर्ता भुवन ओझा, पब्लिक युथका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, मदनराज उपाध्याय, रोहित पराजुलीलगायत १५/२० जनाको समूहले तोडफोड गरेको उपकुलपति कार्यालयले जनाएको छ । उपकुलपति कार्यकक्षमा भएको तोडफोडबाट कुर्ची, टेबल, सिसालगायत सरसामानमा क्षति पुगेको कर्मचारीले बताए  ।

The Swaviyu president elected from the Union of Indian Union vandalized the Vice-Chancellor's office [update]विद्यार्थीहरूले स्ववियु निर्वाचनका लागि गत फागुनमा रोकिएको स्नातक र स्नातकोत्तर तहको भर्ना खुलाउनुपर्ने माग राख्दै आएका छन् । भर्ना नखुलेको भन्दै असन्तुष्ट विद्यार्थीले तोडफोड गरेको त्रिवि स्रोतले जनाएको छ । विज्ञप्तिमा स्ववियु निर्वाचनपछि भर्ना हुने विद्यार्थीको अधिकार खोसिएको आरोप लगाएको छ । त्रिविले भने निर्वाचनका कारण भन्दा पनि शैक्षिक क्यालेन्डरअनुसार यस वर्षको भर्ना स्थगित गरिएको जनाएको छ ।

उपकुलपति केसीले क्यालेन्डरअनुसार गत भदौदेखि भर्ना भएका विद्यार्थीले परीक्षा आवेदन फाराम समेत बुझाइसकेकाले यस वर्षका लागि पुनः भर्ना खोल्न नसकिने बताए । त्रिविले क्यालेन्डर जारी गर्दै तोकिएको समयमा मात्र भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने नीति तय गरेको छ । जतिबेला पनि विद्यार्थी भर्ना लिँदा समयमा परीक्षा र नतिजा प्रकाशन गर्न नसकिने पदाधिकारीहरूको भनाइ छ ।

पद्यकन्या र पाटनका स्ववियु अध्यक्षले भने- ‘तोडफोडमा संलग्न छैन’

पद्यकन्या र पाटन क्याम्पसका स्ववियु अध्यक्षले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा बुधबार भएको तोडफोडमा आफ्नो संलग्नता रहेको बताएका छन् ।

इकान्तिपुरसँग कुराकानी गर्दै पद्यकन्या क्याम्पसका स्ववियु अध्यक्ष भुमिश्वरी ऐर र पाटन क्याम्पसका अध्यक्ष रोहित कपालीले तोडफोड हुन थालेपछि असहमति जनाउँदै फर्केको बताए । ‘म तोडफोडको विपक्षमा छु । तोडफोड गर्न थालेपछि निस्किएको हो । चित्त बुझेन । हामी उपकुलपतिले भेट्न बोलाएपछि गएको हो । केही नेविसंघका विद्यार्थीले तोडफोड गर्न थालेपछि फर्कियौं,’ उनले भनिन् ।

कपालीले पनि उपकुलपति खड्ग केसीलाई भेट्न गए पनि त्यसअघि नै तोडफोड हुन थालेपछि फर्किएको बताए । उनले भने, ‘तोडफोडमा मेरो संलग्नता छैन, आफ्नो माग राख्न गएको हो, नेविसंघबाट निर्वाचित अधिकांश स्ववियु अध्यक्षहरु गएका थियौं । विद्यार्थीहरुले तोडफोड गर्न थाले । त्यसमा हाम्रो सहमति छैन ।’

कान्तिपुर संवाददाता

Link copied successfully