हुम्ला साक्षर घोषणा

जेष्ठ ९, २०८२

ज्योति कटुवाल

Humla literate declaration

सुर्खेत — हुम्ला जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता दर ९६ दशमलव ४ प्रतिशत हुनुपर्ने मापदण्ड पूरा भएपछि हुम्लालाई शुक्रबार साक्षर जिल्ला घोषणा गरिएको हो ।

१५-६० वर्ष उमेर समूहका ३५ हजार ३ सय ५४ जनसंख्यामध्ये ३३ हजार ९ सय ५४ जना साक्षर भएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले बताए । हुम्ला कर्णाली प्रदेशको आठौं साक्षर जिल्ला भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई हुम्लाको तथ्यांकअनुसार अदानचुलीमा १ सय ९२, ताँजाकोट गाउँपालिकामा ६६, चंखेलीमा १ सय ९२, सर्केगाडमा ३ सय १४, खार्पुनाथमा १ सय ९४, सदरमुकाम सिमकोटमा ३ सय ७१ र नाम्खा गाउँपालिकामा १ सय ११ जना गरी १ हजार ४ सय ४० जना अझै निरक्षर छन् । कर्णाली प्रदेशका कालीकोट र डोल्पा जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully