आईईसी कलेज अफ आर्ट एन्ड फेसनको १४ औं इन्टेरियर डिजाइन प्रदर्शनी

वैशाख २०, २०८२

अभिषेक अधिकारी

IEC College of Art and Fashion's 14th Interior Design Exhibition

काठमाडौँ — आईईसी कलेज अफ आर्ट एन्ड फेसनले १४ औं इन्टेरियर डिजाइन प्रदर्शनी सुरु गरेको छ । 

काठमाडौंको म्यारियट होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न डिजाइन तथा मोडेल प्रदर्शन गरेका थिए । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले आन्तरिक र डिजाइनिङ क्षेत्रमा युवालाई अब्बल बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको बताइन् । उनले मलेसियाको लिङकन विश्वविद्यालयसँग मिलेर काम गरिरहेको जनाउँदै अब चाँडै बेलायत सँगको सहकार्यमा स्नातकोत्तरको पनि पाठ्यक्रम ल्याउने बताइन् । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले अरु क्याम्पसले भन्दा आईईसीले धेरै मिहिनेत गरेको बताए । ‘विदेशमा यस्ता कार्यक्रमहरुको मूल्यांकन हुन्छ तर हाम्रो देशमा युवाहरुलाई प्रोत्साहन गरिँदैन,' उनले भने, 'आमा, बुवा र गुरुलाई विश्वको जुनसुकै कुनामा रहे पनि बिर्सन हुँदैन ।' आउने दिनहरुमा बुढानिलकण्ठ नगरपालिकाले यस्ता कार्यक्रमहरुलाई साथ दिने मेयर अधिकारीले बताए । उनले युवाहरु विदेश गएपछि स्वदेश नै नर्फकने प्रवृत्ति बढ्नु दु:खको विषय भएको बताए । 

मिस्टर नेपाल २०२४ का विजेता सन्तोष लोक्सोम लिम्बुले नेपाली विद्यार्थीहरुले गरेको डिजाइन र वास्तुकलालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउनुपर्ने बताए । उनले कलाको सम्मान सबैतर्फबाट हुनुपर्नेमा जोड दिए । 

प्रदर्शनमा ६५ वटा स्टल रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिइन् । कागजका सामान, स्मार्ट फर्निचर, सिनेम्याटिक थ्रिएटर , होटल, एलजिबिटीक्यु होमजस्ता आधुनिक वास्तुकलाको प्रदर्शन गरिएको थियो ।

IEC College of Art and Fashion's 14th Interior Design Exhibition

अभिषेक

Link copied successfully