काठमाडौँ — सत्तारुढ कांग्रेस-एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्दता जनाएका छन् ।
२९ देखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्तामा समिति सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे, एमाले सचेतक महेश बर्तौलाले चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गराउन प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विधेयक समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलको चरणमा रहेको छ । चैत ८ गते उपसमिति गठन भएको थियो । उपसमितिलाई वैशाख २३ गतेभित्र प्रतिवेदन पेस गर्न समितिले समयसिमा तोकेको छ ।
