सरकार र शिक्षकबीच निर्णायक वार्ता जारी

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Decisive talks continue between the government and teachers

काठमाडौँ — सरकार र आन्दोलरत शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा मन्त्रालयले वार्ता जारी छ । वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक सहभागी छन् । शिक्षा मन्त्रालयका अनुसार सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि वार्तामा सहभागी छन् । वार्ताले मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सकिने मागहरुको विषयमा टुंगो लगाउने छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन् । वार्तामा संसद‍्को शिक्षा, स्वास्थ्य समितिका सभापति अमरबहादुर थापा र विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि सहभागी छन् ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजी गरेकाले वार्तामा सतारुढ दलका सचेतकहरु प्रतिबद्धताका लागि उपस्थिति भएको जनाइएको छ । केही मागहरु मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने, ऐन आउने सुनिश्चिता हुने भएपछि शिक्षकहरुले २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जनाएका छन् । ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully