नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Inauguration by the newly appointed Minister of Education

काठमाडौँ — नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका हुन् ।

सो क्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे । 

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेका स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । 

कान्तिपुर

Link copied successfully