थारू विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित 

चैत्र २५, २०८१

नवीन पौडेल

Bimal Chaudhary was elected as the President of Tharu Students Association

परासी — थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा भएको चुनावमा अध्यक्षका प्रत्यासी गीता चौधरीलाई पराजित गर्दै विमल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित चौधरीले ८१ मत प्राप्त गरेका थिए । अध्यक्षकै अर्का उम्मेदवार गीता चौधरीले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य हेमराज महतोले बताए ।

१ सय ५३ जना मतदातामध्ये १ सय ४१ मत खसेकामा १२ मत बदर भएको थियो । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो । अधिवेशनका लागि देशभरबाट प्रतिनिधि नवलपरासी आएका थिए । शनिबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षमा सहमति नभएपछि चुनाव भएको हो ।

अधिवेशनबाट निर्विरोध निर्वाचित हुनेहरूमा पूर्वी नवलपरासीबाट राजकुमार थनेत, बर्दियाका दिनेश चौधरी उपाध्यक्ष, महिला उपाध्यक्षमा पूर्वी नवलपरासीका लक्ष्मी महतो र सुनसरीकी शकुन्तला कुमारी चौधरी, कोषाध्यक्षमा पूर्वी नवलपरासीका सन्दट्ठप महतो चयन भएका छन् । अधिवेशनले २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully