अरुण खोला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुकी प्रकृति पंगेनी निर्वाचित

चैत्र २१, २०८१

नवीन पौडेल

Prakriti Pangeni of Aneraswaviyu was elected as the Swaviyu President of Arun Khola Multiple Campus

नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको अरुण खोला बहुमुखी क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियुकी प्रकृति पंगेनी स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन्। विद्यार्थी संगठनबीच सहमति गरेर स्ववियु निर्वाचन गरिएको हो।

यस्तै कोषाध्यक्षमा अनिता दरै, सदस्यहरू निमिसा दरै, थानिसरा वयम्बु, गनिसरा आले (प्रत्यक्षतर्फ) तथा समानुपातिकतर्फ सिद्धका बस्नेत, सुष्मा नेपाली, निरा गाहा मगर निर्वाचित भएको निर्वाचन संयोजक रामप्रसाद अधिकारीले बताए। सचिव र दुई सदस्यपछि घोषणा गरिनेछ।

स्ववियु निर्वाचनको समयमा जिल्लाका क्याम्पसहरूमा तालाबन्दी र अनशन भएपछि चैत ५ गतेको चुनाव स्थगित भएको थियो। विद्यार्थी संगठनबीच सर्वसम्मत रूपमा समिति चयन गर्ने सहमतिअनुसार अहिले काम भइरहेको छ। जिल्लाका अन्य क्याम्पसमा निर्वाचन सुनिश्चित गर्न सार्वजनिक संघलाई आग्रह गरिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष ठाकुर पराजुलीले बताए।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully