सु्र्खेत — मुगु जिल्लाको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन् ।
सोमबार सम्पन्न निर्वाचनमा जयलक्ष्मीले ७३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार रविन मल्लले ४८ मत प्राप्त गरे ।
त्यसैगरी अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्लले १७ मत प्राप्त परेका छन् ।
