जनमुखी आदर्श क्याम्पस गैँडाकोट स्ववियुमा सर्वसम्मत समिति चयन

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Janmukhi Adarsh ​​Campus Gandakot Swaviyu Consensus Committee Selection

नवलपुर — पूर्वी नवलपरासीको गैँडाकोटस्थित जनमुखी आदर्श क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सर्वसम्मत भएको छ। नेपाल विद्यार्थी संघका विशेष थापाको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको हो।

सचिवमा नेपाल विद्यार्थी संघकै शिल्पा थापा मगर, कोषाध्यक्षमा अनेरास्ववियुकी सुस्मिता सापकोटा चयन भएका छन्। प्रत्यक्ष निर्वाचित सदस्यहरूमा उदय शर्मा, शशिकला आचार्य र किरण ज्ञवाली भएका छन् । निर्वाचन संयोजक निराजन चौधरीका अनुसार समानुपातिकतर्फ नेपाल विद्यार्थी संघकी रुबी ढकाल, अखिल क्रान्तिकारीका आभास कडेल र पूजा लामिछाने, अनेरास्ववियुका ओम प्रकाश कँडेल र रविन खाम्चा मगर सर्वसम्मत चयन भएका छन्।

स्ववियु निर्वाचनको समयमा जिल्लाका क्याम्पसहरूमा तालाबन्दी र अनशनका कारण चैत ५ गतेको चुनाव स्थगित गरिएको थियो। विद्यार्थी संगठनहरूबीच सर्वसम्मत रूपमा समिति चयन गर्ने सहमति भएपछि अहिले प्रक्रिया अघि बढाइएको हो। जिल्लाका अन्य क्याम्पसहरूमा पनि निर्वाचन सुनिश्चित गर्न पब्लिक क्याम्पस संघलाई आग्रह गरिएको छ।

विद्यार्थीको अधिकार कुण्ठित गर्ने प्रयास भए थप आन्दोलनमा उत्रिने चेतावनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सतिश न्यौपानेले दिएका छन्।

कान्तिपुर

Link copied successfully