जलवीरे र मेलम्चीमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारी विजयी

चैत्र ५, २०८१

अनिश तिवारी

The revolutionaries won by defeating the ruling coalition candidates in Jalvere and Melamchi

सिन्धुपाल्चोक — जिल्लाको मेलम्ची र जलवीरे क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका युवा विद्यार्थी नेता स्ववियु सभापतिमा विजयी भएका छन् । 

नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरी हेलम्बुको मेलम्ची भ्याली क्याम्पसमा नेविसंघका रोशन गिरीलाई स्ववियु सभापतिमा उठाएकामा क्रान्तिकारीका राजन गिरीले ३३ मतले उनलाई पछाडि पार्दै विजयी भएका हुन् ।

मंगलबार सम्पन्न मतदानमा १ सय १७ मत खसेकामा सत्ता गठबन्धनका गिरीले ४० मत पाए भने क्रान्तिकारीका राजन गिरी ७३ मत ल्याएर विजयी भए । 

उता बलेफीको जलवीरे भ्याली क्याम्पसमा पनि सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै  अशोक ढुंगाना प्यानैलसहित विजयी भएका छन् । 

अन्यत्र गठबन्धनको बर्चस्व

बाह्रबिसेको अरनिको कलेजमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सभापतिमा नेविसंघ र सचिवमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् । कोषाध्यक्षमा भने यसअघि नै क्रान्तिकारीकी कविता थामी सर्वसम्मत भएकी थिइन् । The revolutionaries won by defeating the ruling coalition candidates in Jalvere and Melamchi

चौतारामा नक्कली मतदाता भोट हाल्न आएको भन्दै सत्ता गठबन्धन र क्रान्तिकारीका युवाबीच हात हालाहाल भएपछि केही समय वातावरण तनावग्रस्त बनेको थियो । 

यसअघि मेलम्चीस्थित ईन्द्रावती बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेद्वार गोकुल खड्का स्ववियू अध्यक्षमा सर्वसम्मत भएका थिए । लिसखुंपाखरको ककलिङ हरिसिद्धी क्याम्पसमा नेविसंघका आयूष श्रेष्ठ अध्यक्षमा निर्विरोध चुनिए भने अन्य पदमा अनेरास्ववियू, क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत बने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully