काठमाडौँ — इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार र स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।
सचिवमा माओवादीनिकट अखिल क्रान्तिकारीका उम्मेदवार दिवस सापकोटा विजयी बनेको क्याम्पसले जनाएको छ । सत्तारुढ नेविसंघ र अनेरास्ववियुको उम्मेदवार पराजित गर्दै श्रेष्ठ र सापकोटा विजयी भएका हुन् ।
२०७९ को स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार विराज अर्याल विजयी भएका थिए । यसपटक पनि उनी नै उम्मेदवार भए पनि पराजित भएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भएका छन् ।
