हिमाल एकेडेमीबाट ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद २५ हजार

डेढ सयभन्दा बढी विद्यार्थी सम्मानित

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

25,000 in cash to students who get 4 GPA from Himal Academy

काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुस्थित हिमाल एकेडेमी स्कुलले २१ औं वार्षिकोत्सवका अवसरमा एसईई उत्तीर्ण र विभिन्न विधाका उत्कृष्ट डेढ सयभन्दा बढी विद्यार्थीलाई पुरस्कृत र सम्मान गरेको छ ।

कार्यक्रममा २०८० को एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल हिमाल एकेडेमीकी विपिना मिश्रालाई बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले अवार्ड प्रदान गरेका थिए भने प्रिन्सिपल प्रदीप थापाले २५ हजार रुपैयाँ नगद पुरस्कार दिएका थिए । गत एसईई परीक्षामा देशभरमा २८ विद्यालयका १८६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएकामा भक्तपुरको सूर्यविनायक नगरपालिकाका हिमाल एकेडेमीसहित ३ वटा विद्यालयका एक/एक जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । 

25,000 in cash to students who get 4 GPA from Himal Academyत्यसक्रममा २०७६ देखि २०८० सम्म हिमाल एकेडेमीबाट एसईई उत्तीर्ण गर्न सफल १४६ विद्यार्थीलाई सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट भएकालाई अवार्ड प्रदान गरिएको थियो । यस्तै विद्यालयमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

मन्त्री थापाका साथै भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल, वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगायतले उनीहरूलाई अवार्ड र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीले मार्सलआर्ट, धिमेबाजा, गीत, कविता, क्यारिकेचर, नृत्य र नाटक प्रस्तुत गरेका थिए । 

25,000 in cash to students who get 4 GPA from Himal Academyबागमती प्रदेशका स्वास्थ्यमन्त्री थापाले विद्यालयले क्षेत्रीय स्तरमा दिएको शैक्षिक योगदानको प्रशंसा गर्दै प्रदेशमा स्वास्थ्य सेवा तथा शैक्षिक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सूर्यविनायक-७ का वडाध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवीन्द्र सापकोटाले हिमाल एकेडेमी उत्कृष्ट संस्थागत विद्यालयका रूपमा स्थापित हुँदै गएको बताएका थिए ।

25,000 in cash to students who get 4 GPA from Himal Academyप्रिन्सिपल प्रदिप थापाले विद्यालयको प्रगति एवं भावी योजना प्रस्तुत गर्द, २०७२ को महाभूकम्प र कोभिड–१९ महामारीको कठिन परिस्थितिमा पनि अभिभावकले दिएको साथ र देखाएको विश्वासप्रति आभार व्यक्त गरेका थिए । विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको सुन्दर भविष्य कोर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाले विद्यालयलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई मायाको चिनो प्रदान गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully