किङ्ग्स कलेजमा सामाजिक नवप्रवर्तन फेलोसीप

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Social Innovation Fellowship at King's College

काठमाडौँ — किङ्ग्स कलेजले सामाजिक नवप्रवर्तन फेलोसीप शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । शिक्षालाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम चलाइएको कलेजका अध्यक्ष नरोत्तम अर्यालले बताए ।

समुदायभित्र रहेका सीप, सधान, स्रोत र ज्ञान तथा समुदायको मुद्दा, अवसर र सम्भावनाबाट समग्र शिक्षा प्रणालीसँग जोड्न सामाजिक नवप्रवर्तन फेलोसीप सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रम अर्न्तगत विद्यार्थीले जनकपुर, पाँचखाला र हेलम्बु पुगेर समाजिक परिवेश, सुचना, प्रविधि, उद्यमशीलता र समाजशास्त्रको प्रयोगात्मक अध्ययन गरेको कलेजले जनाएको छ । हिमाल, पहाड र मधेस गरी नेपालका तीनवटै भौगोलिक अवस्थितिको प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई अध्ययनमा सहभागी गराएको अर्यालले बताए।

१५ जना विद्यार्थीले ती स्थानको मौलिकता, भौगोलिक, सामाजिक, सांस्कृतिक बिशेषताको अध्ययन गरेका थिए । विद्यार्थीहरूले अध्ययनबाट प्राप्त गरेको ज्ञान र सिपलाई आइतबार कलेजमा प्रस्तुतीकरण गरेका थिए । उनीहरूले कक्षाकोठाको  पढाई र समुदायको सम्बन्ध टुटदै गएको, ग्रामीण बस्तीहरू बैदेशिक रोजगारी, बसाईसराईले खाली हुदैं गएको जसको कारण त्यहाँका कला, संस्कृति, चार्डपर्वहरू समेत संकटउन्मुख बन्दै गएको अनुभव सुनाए ।

प्रस्तुतीकरणमा उपस्थिति कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले विद्यार्थीको सिकाईलाई पाठ्यक्रमसँग जोड्नुपर्नेमा जोड दिए । काठमाडौं विश्वविद्यालयमा निमित्त उपकुलपति अच्युत वाग्लेले विद्यार्थीले समाज र समुदायबाट सिकेर कुरालाई पनि शैक्षिक मान्यता दिनुपर्ने औंल्याए । कार्यक्रममा नेपालको उच्चशिक्षामा समाज, सरकार र समुदायको विषयमा समेत छलफल भएको थियो । 

कान्तिपुर

Link copied successfully