स्ववियु निर्वाचनका लागि नेविसंघले बनायो १४ समिति

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

14 Committees have been formed by the Union for the Swaviyu elections

काठमाडौँ — नेपाल विद्यार्थी संघले चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लक्षित गरी विभिन्न १४ वटा समितिहरू गठन गरेको छ ।

संघका प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारहरूलाई निर्वाचित गराउन र निर्वाचनमा संघको सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउन समितिहरू गठन गरिएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

उनका अनुसार अन्तरविद्यार्थी संगठन समन्वय समितिको संयोजकमा पंकजकुमार क्षेत्री, प्रचार प्रसार समितिको संयोजकमा यङजोर कार्की, अनुगमन समितिको संयोजकमा आदर्श मल्ल, घोषणापत्र तयारी समिति संयोजकमा विकल राई तोकिएका छन्।

त्यस्तै, उपत्यका समन्वय तथा स्वयम्सेवक परिचालन समिति संयोजकमा निश्चल महर्जन, प्राध्यापक तथा कर्मचारी समन्वय समिति संयोजकमा दिपक ओझा, विश्वविद्यालय समन्वय समिति संयोजकमा शरणकुमार बस्नेत, निर्वाचन साक्षरता तथा अभिमुखीकरण संयोजकमा सुशान्त आचार्य, जिल्ला तथा सम्पर्क समन्वय समिति संयोजकमा रामचन्द्र भण्डारी, सुरक्षा निकाय एवम् प्रशासन समन्वय समिति संयोजकमा विजय ढुंगाना र सामाजिक संघसंस्था तथा समूह समन्वय समिति संयोजकमा आदित्यकुमार दास तोकिएका छन् । 

स्वास्थ्य सहायता समिति संयोजकमा सुमित बोहरा, नीति तथा रणनीति समिति संयोजकमा अमृत उप्रेती र मत सर्वक्षण तथा विश्लेषण समितिको संयोजकमा महेश्वर पौडेलले जिम्मेवारी पाएका छन् । 

कान्तिपुर

Link copied successfully