इरान युद्धमा अमेरिकाको ३७ अर्ब ५० करोड डलर खर्च

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पिकएक्स पहाडमा चाँडै र निकै ठूलो आक्रमण गर्ने धम्की दिएका छन्। यस पहाडमा इरानको आणविक केन्द्र रहेको ट्र्म्पको दाबी छ ।

श्रावण ६, २०८३

एजेन्सी

$37.5 billion spent by the US in the Iran war

दुबई — इरान युद्धमा अमेरिकाको खर्च ३७ अर्ब ५० करोड डलर पुगेको अमेरिकी विदेशमन्त्री पिट हेग्सेथले बताएका छन् । मंगलबार लगातार एघारौं रात अमेरिकाले इरानमाथि आक्रमण गर्‍यो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पिकएक्स पहाडमा चाँडै र निकै ठूलो आक्रमण गर्ने धम्की दिएका छन्। यस पहाडमा इरानको आणविक केन्द्र रहेको ट्र्म्पको दाबी छ । 

 यसको जवाफमा तेहरानले पनि यस क्षेत्रमा युद्ध विस्तार गर्ने चेतावनी दिएको छ। यसैबीच, इरानी आन्तरिक मामिला मन्त्री एस्कन्दर मोमेनीले इस्लामावादमा सेना प्रमुख आसिम मुनिर लगायत वरिष्ठ पाकिस्तानी अधिकारीहरूसँग वार्ता गरेका छन् ।

 अर्कोतर्फ, ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउनसँग भेटघाट गरी इजरायलसँग शान्ति कायम गराउन भूमिका खेल्ने वाचा गरेका छन् । तर दक्षिणी लेबनानबाट इजरायली सेना कहिले फिर्ता हुन सक्छ भन्ने बारेमा भने केही बताएका छैनन्। 

एजेन्सी

Link copied successfully