जन्तर मन्तरमा युवाहरूको प्रदर्शन चलिरहँदा दहियाले असंवेदनशील भिडियो पोस्ट गरेको भन्दै सीजेपीले जिम्मेवारीबाट हटाएको हो ।
What you should know
काठमाडौँ — कक्रोच जनता पार्टी(सीजेपी) ले प्रवक्ता विजेता दहियालाई सबै जिम्मेवारीबाट मुक्त गरेको छ । जन्तर मन्तरमा युवाहरूको प्रदर्शन चलिरहँदा दहियाले असंवेदनशील भिडियो पोस्ट गरेको भन्दै सीजेपीले जिम्मेवारीबाट हटाएको हो ।
'शान्तिपूर्ण प्रदर्शनकारी र हाम्रो टोलीमाथि प्रहरीले क्रूरतापूर्वक दमन गरिरहेका बेला हाम्रा प्रवक्ता विजेता दहियाका भिडियो सार्वजनिक भएको घटनाप्रति हामी कडा शब्दमा निन्दा गर्छौं । यस्तो व्यवहार पूर्ण रूपमा अस्वीकार्य छ । यसले हाम्रो आन्दोलनका मूल्य मान्यता तथा सिद्धान्तसँग कुनै पनि रूपमा मेल खाँदैन ।'
We strongly condemn the deeply insensitive actions of our spokesperson Vijeta Dahiya, whose videos surfaced while peaceful protestors and our team were facing brutal police violence. Such conduct is unacceptable, shows a complete lack of judgment, and is wholly inconsistent with…
आफूले बर्गर खाएको विषयलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै दहियाले भिडियो सार्वजनिक गरेका थिए । उनले भिडियोमा भनेका छन्, 'मैले बर्गर किन खाएँ ? आज यही ठूलो मुद्दा बनेको छ । आखिर मानिसले बर्गर किन खान्छ ? किनकि उसलाई भोक लागेको हुन्छ । उसले बर्गर खान चाहन्छ, बस् । मलाई पनि धेरै भोक लागेको थियो । अनि राम्रो खाना खाएपछि मन पनि राम्रो हुन्छ ।'
उनले अर्को भिडियोमा भनेका थिए, 'जे पायो त्यही बोल्नेहरू घरमा बसेर अनावश्यक टिप्पणी गरिरहेका छन् । एउटा कुरा बुझ्नुस्, जो मानिस केवल खानपिउन मात्र व्यस्त छ, उसलाई सामाजिक मुद्दा वा राजनीतिसँग कुनै सरोकार छैन भने उसले बर्गर खाँदा तपाईंलाई समस्या हुँदैन । तर देशका मुद्दाबारे आवाज उठाउने, आन्दोलनमा सहभागी भएको व्यक्तिले बर्गर खायो भने त्यसैमा तपाईंलाई समस्या हुन्छ ।'
को हुन् विजेता दहिया ?
विजेता दहिया पोलिटिकल रिसर्चर, लेखक, फिल्ममेकर एवं कन्टेन्ट क्रियटर हुन् । पछिल्लो समय उनी सीजेपी प्रवक्ता बनेका थिए । सीजेपीका अनुसार दहियाले केही युट्युब क्रियटरका लागि राजनीतिक अनुसन्धान र कन्टेन्ट डेभलप्मेन्टको काम गरेका थिए । केही मिडिया रिपोर्टका अनुसार उनले ध्रुव राठीका लागि पनि रिसर्च र लेखनमा सहयोग गरेका थिए ।
