ग्रिनकार्ड आवेदकसँग १ लाख डलर धरौटी लिनेबारे अमेरिकामा छलफल

छलफलमा संलग्न केही व्यक्तिहरूका अनुसार आवेदकहरूले अमेरिकी नागरिक भइसकेपछि मात्रै धरौटी रकम फिर्ता पाउनेछन्

असार ३२, २०८३

एजेन्सी

Discussion in the US about requiring a $100,000 deposit from green card applicants

काठमाडौँ — अमेरिका सरकारले विदेशमा रहेका अमेरिकी कन्सुलरहरूमा आवेदन दिने ग्रीन कार्ड आवेदकहरूसँग १ लाख डलरको धरौटी लिने विषयमा छलफल गरिरहेको खुलासा अमेरिकी सञ्‍चामाध्यम वाल स्ट्रिट जर्नलले गरेको छ ।

योजनाबारे जानकारी व्यक्तिहरुलाई उद्रृत गर्दै यस्तो खुलासा गरिएको हो । अमेरिका आउने आप्रवासीहरू आत्मनिर्भर भएको सुनिश्चित गर्ने ट्रम्प प्रशासनको निरन्तरको प्रयासअन्तर्गत अमेरिकी विदेश मन्त्रालयले यो प्रस्ताव तयार गरिरहेको समाचारमा उल्लेख छ ।

जानकार व्यक्तिहरूका अनुसार, अधिकारीहरूले यो अवधारणालाई परीक्षणको रूपमा थोरै संख्यामा रहेका देशहरूबाट सुरु गर्ने विचार गरिरहेका छन् ।

छलफलमा संलग्न केही व्यक्तिहरूका अनुसार आवेदकहरूले अमेरिकी नागरिक भइसकेपछि मात्रै धरौटी रकम फिर्ता पाउनेछन् । ग्रिन कार्डपछि अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रिया कम्तीमा पाँच वर्षको हुन्छ ।

आप्रवासीका आफन्तहरूले पनि उनीहरूको तर्फबाट यो धरौटी रकम जम्मा गर्न सक्ने जानकारहरुले बताएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भने, 'अमेरिका बसाँइ सर्न चाहनेहरु आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने विषय ट्रम्पले स्पष्ट पारिसक्नु भएको छ ।' 

मन्त्रालयले इमिग्रेशन एण्ड नेसनलिटी एक्टअन्तर्गतका विद्यमान अधिकारहरूलाई प्रयोग गर्दै केही भिसा आवेदकहरूलाई धरौटी राख्न लगाउने विषयमा अध्ययन गरिरहेको प्रवक्ता पिगोटले बताए । 

एजेन्सी

Link copied successfully