हर्मुज बन्द भएको इरानको घोषणा 

आइआरजीसीले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ

असार २८, २०८३

एजेन्सी

इस्लामावाद — इरानको अर्धसैन्य दस्ता इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स  (आइआरजीसी) ले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ । त्यस्तै, अमेरिकी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ।

शनिबार इरानले हर्मुज जलमार्ग हुँदै गइरहेको  जहाजमा आक्रमण गरेको भन्दै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ । अमेरिकी आक्रमणको केही घण्टाभित्रै,  आइआरजीसीले जोर्डनमा रहेको अमेरिकी आधार शिविरमा आक्रमण गरिएको दाबी गरेको छ। साथै, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले इरानबाट  क्षेप्यास्त्र र ड्रोनहरू प्रहार भएको जनाएका छन् ।

अमेरिकाले इरानका १४० वटा सैन्य लक्ष्यहरूमा प्रहार गरेको जनाएको छ । यसमा क्षेप्यास्त्र र ड्रोन साइटहरू, सञ्चार सञ्जालहरू र तटीय निगरानी केन्द्रहरू रहेका छन्।

एजेन्सी

Link copied successfully