बाबुको मृत्युको बदला लिएरै छाड्ने मोज्ताबा खामेनीको प्रतिज्ञा

बाबुको अन्त्येष्टीमा सहभागी भएका लाखौं मानिसहरुप्रति आभारी रहेको खामेनीले बताए ।

असार २७, २०८३

एजेन्सी

Mojtaba Khamenei's vow to avenge his father's death

काठमाडौँ — इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले आफ्ना बाबुको बदला लिने प्रतिज्ञा गरेका छन् । आफ्ना बाबुको अन्त्येष्टिपछि जारी गरेको पहिलो सन्देशमा इरानका सर्वोच्च नेता मुज्तबा खमेनीले यस्तो बताएका हुन् ।

अन्त्येष्टीमा सहभागी भएका लाखौं मानिसहरुप्रति आभारी रहेको मोज्ताबाले बताए ।

इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा २८ फेब्रुअरीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो । खामेनीको अन्त्येष्टीमा सहभागी भएकाहरुले उनको मृत्युको बदला लिनुपर्ने माग गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको षड्‍यन्त्र गरेको गोप्य जानकारी प्राप्त भएको बताएका छन् । उनले हत्या प्रयास भएमा सारा इरानलाई नै ध्वस्त गरिदिने चेतावनी दिएका छन् । 

एजेन्सी

Link copied successfully