आगलागीमा परी हालसम्म १२ जनाको मृत्यु ,२३ जना अझै बेपत्ता छन्
म्याड्रिड — स्पेनको दक्षिण-पूर्वी क्षेत्रमा देशकै इतिहासकै सबैभन्दा भीषण डढेलोमध्ये एक नियन्त्रणमा लिन आपतलीन उद्धार टोलीहरू लागिपरेका छन् । स्पेनी अधिकारीहरूका अनुसार, बेडार गाउँ आसपासको क्षेत्रमा आगो निभाउन र स्थिति नियन्त्रणमा लिन सयौँ अग्निनियन्त्रक तथा विशेषज्ञहरू परिचालन गरिएको छ।
उक्त आगलागीमा परी हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । २३ जना अझै बेपत्ता छन्।
अल्मेरियाको लस गालार्डोस क्षेत्रका स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्नसक्ने चेतावनी दिएका छन्।
यस वर्षको ग्रीष्म ऋतुमा युरोपका विभिन्न देशहरू, विशेष गरी फ्रान्स, पोर्चुगल र स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) आसपास पुगेपछि चलेको अत्यधिक तातो हावा का कारण भीषण डढेलो लागिरहेको छ।
अत्यधिक उच्च तापक्रम, सुख्खा जमिन र तीव्र गतिको हावाका कारण गत बिहीबार दिउँसो लस गालार्डोको डढेलो तीव्र रूपमा फैलिएको थियो।
