'कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा हो । यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर ११ को आक्रमणभन्दा पनि ठूलो खतरा हो ।अमेरिका कहिल्यै कम्युनिष्ट देश बन्ने छैन,’ उनले भने ।
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुले साम्यवादको खतरा बढाइरहेको दाबी गरेका छन् । ‘हाम्रो देशमा फेरि कम्युनिजमको खतरा बढ्दै गएको छ । विशेषगरी हाम्रो जीवनशैली र सफलतासँग पूर्ण रूपमा असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट यस्तो खतरा देखिएको छ,’ उनले भने ।
'कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा हो । यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर ११ को आक्रमणभन्दा पनि ठूलो खतरा हो ।अमेरिका कहिल्यै कम्युनिष्ट देश बन्ने छैन,’ उनले भने ।
अमेरिकासँग सम्झौता गर्नका लागि इरान आतुर रहेको बताएका छन् । उनले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका कारण अमेरिका–इरान वार्ता केही समयका लागि स्थगित गरिएको बताए ।
अमेरिकी स्वतन्त्रता संग्रामको २५० औँ वार्षिकोत्सवका अवसरमा दक्षिण डकोटास्थित माउन्ट रशमोरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकी सेनाको शक्ति र इतिहासको प्रशंसा गरे ।
उनले भने,‘हामीले संसारकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेका छौं । हामीले दुई विश्वयुद्ध जित्यौं । शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराइमा हराएका छन् ।’
पछिल्ला द्वन्द्वबारे बोल्दै ट्रम्पले भने, ‘हामीले एकै दिनमा भेनेजुएलालाई हरायौं र इरानलाई नराम्ररी प्रहार ग¥यौं । उनीहरू सम्झौता गर्न आतुर छन् । हामीले खामेनीको अन्त्येष्टिका लागि एक साताको समय दिएका छौं । किनभने हामी उदार छौं ।’
ट्रम्पले अमेरिकाको स्वतन्त्रताका २ सय ५० वर्षमा अमेरिकाले ठूलो प्रगति गरेको बताए । ‘२५० वर्षको इतिहासमा अमेरिका विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता भएको देश र सबैभन्दा न्यायपूर्ण तथा दीर्घकालीन संविधान भएको राष्ट्र हो,’ ट्रम्पले भने ।
उनले अमेरिकीहरूभन्दा बढी दान गर्ने, भोकमरी अन्त्य गर्ने, रोगको उपचार गर्ने वा मानवताको उत्थानका लागि योगदान दिने अर्को कुनै राष्ट्र नरहेको दाबी पनि गरे ।
