५ जना व्यक्तिको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस घटनामा धेरै मानिसहरु घाइते रहेको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर छ ।
म्युनिख — जर्मनीको उत्तरी शहर स्टेड शहरस्थित आमा र बालबालिकाका लागि खोलिएको एक हेरचाह केन्द्रमा गोली प्रहार हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै उक्त केन्द्रका कर्मचारी हुन् ।
५ जना व्यक्तिको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस घटनामा धेरै मानिसहरु घाइते रहेको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर छ ।
जर्मन प्रहरीले जनाएकाअनुसार आमा र बालबालिकाका लागि खोलिएको एक केन्द्रमा एक संदिग्धले गोली चलाएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पारिवारीक विवादपछि संदिग्धले गोली चलाएका हुन् ।
४५ वर्षीय टर्किस नागरिकले गोली चलाएका हुन् । ती व्यक्ति आफ्नी छोरीको संरक्षकत्व लिने विषयलाई लिएर आफ्ना पार्टनरसँगको विवादमा थिए । तीन महिनाकी छोरी र उनकी पार्टनर पनि गोली चल्दा यही केन्द्रमा थिए । तर उनीहरु सकुशल छन् ।