मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ आइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका हुन् ।
काठमाडौँ — रूसको राजधानी मस्कोतर्फ लक्षित गरेर कम्तिमा ५९ वटा ड्रोन खसालिएपछि केही समयका लागि बन्द गरिएका चारवटै विमानस्थगल पुन: सञ्चालनमा आएका छन् ।
स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन् ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ आइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका हुन् ।
रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ ।
यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गरेका छैनन् ।
रूसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए ।