पश्‍चिम एसियामा तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ

जेष्ठ २३, २०८३

रासस/एपी

Tensions rise in West Asia, US claims to have attacked Iranian radar site

काठमाडौँ — अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ । यो घटनालाई पश्चिम एसियामा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चार वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो । ती ड्रोनहरूले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।

सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र क्वाश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्नका लागि गरिएको बताएको छ ।

यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिका सरकारले करिब २४ अर्ब अमेरिकी डलर बराबरको इरानको सम्पत्ति फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ ।

रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिएका छन् । वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गर्नुपर्ने उनले बताएका छन् ।

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले इरानसँग विकल्प सीमित रहेकाले अन्त‍त: वार्ताको टेबुलमा आउने दाबी गरे । 

यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गरेका छन् । 

रासस/एपी

Link copied successfully