लेबनानको अस्पतालमा इजरायली आक्रमणमा ४ जनाको मृत्यु , १ सय २७ जना घाइते

सोमबार दिउँसो अस्पतालमा हवाई आक्रमण भएको थियो

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

4 killed, 127 injured in Israeli attack on Lebanese hospital

काठमाडौँ — लेबनानको दक्षिणी शहर टायरस्थित जाबेल अमिल अस्पतालमा इजरायलले गरेको आक्रमणमा चारजनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सोमबार दिउँसो भएको हवाई आक्रमणका क्रममा  अस्पताल क्षतिग्रस्त बनेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनाको भिडियो पनि सार्वजनिक गरेको छ, जहाँ अस्पतालभित्र रहेका महिला र बालबालिका काँपिरहेको देखिन्छ । त्यस्तै, अस्पतालका झ्यालहरुमा आगो लागिरहेको थियो ।

घटनामा १ सय ३७ जना घाइते भएको र त्यसमध्ये ३९ जना अस्पतालका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । 'चार चिकित्सक, २७ नर्स र ८ प्रशासनिक कर्मचारीसहित ३९ जना कर्मचारी घाइते भएका छन् ।

यसमध्ये चारजनाको अवस्था गम्भीर छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully