एनएस राजा सुब्रमणिले सम्हाले भारतमा चिफ अफ डिफेन्सको कार्यभार

जनरल सुब्रमणिले यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार समितिको सैन्य सल्लाहकारको रूपमा सेवा गरिसकेका छन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

NS Rajasubramanian takes charge as India's Chief of Defence Staff

काठमाडौँ — जनरल एनएस राजा सुब्रमणिले शनिबार भारतको तेस्रो चिफ अफ डिफेन्स स्टाफको रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । अनिल चौहानले साढें तीन वर्षसम्म सेवा गरेर अवकाश लिएपछि सुब्रमणि नयाँ चिफ अफ डिसेन्स स्टाफ नियुक्त भएका हुन् । 

नयाँ दिल्लीको साउथ ब्लक लन्जमा आयोजित औपचारिक ‘गार्ड अफ अनर’ समारोहका साथ उनले पदभार ग्रहण गरे ।

जनरल सुब्रमणिले यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार समितिको सैन्य सल्लाहकारको रूपमा काम गरिसकेका छन् । त्यसक्रममा उनले राष्ट्रिय सुरक्षाका विषयहरूमा रणनीतिक मूल्याङ्कन र अन्तर–एजेन्सी समन्वयमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

सुब्रमणिले स्थलसेना, जलसेना र वायुसेनाबीचको तालमेल र एकीकरणलाई सुदृढ पार्ने विषय मुख्य प्राथमिकतामा रहेको बताए । 

‘म चिफ अफ डिफेन्स स्टाफको रूपमा कार्यभार सम्हाल्न पाउँदा सम्मानित महसुस गरिरहेको छु। हामी प्रधानमन्त्रीको आत्मनिर्भरता, र नवप्रवर्तनको परिकल्पनालाई कार्यान्वयन गर्न प्रतिबद्ध छौं,’ उनले भने । 

कान्तिपुर

Link copied successfully