अमेरिकी गुप्तचर निर्देशक तुलसीले दिइन् राजीनामा

अमेरिकाकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।

जेष्ठ ९, २०८३

इकान्तिपुर डेस्क

US intelligence director Tulsi resigns

काठमाडौँ — अमेरिकाकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।

उनले आफ्ना श्रीमान् क्यान्सरबाट पीडित भएको भन्दै पदबाट राजीनामा दिएको बताइएको छ। गबार्डका श्रीमान्लाई हालै बोन क्यान्सर भएको पत्ता लागेको थियो।

'उनको शक्ति र प्रेमले हरेक चुनौतीमा मलाई साथ दिएको छ,' उनले राजीनामा पत्रमा लेखेकी छिन्, 'मेरो विवेकले उनी यो लडाइँ एक्लै सामना गरून् र म यो धेरै समय दिनुपर्ने पदमा बसिरहूँ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामाबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, 'गबार्डले आफ्नो पदमा रहँदा धेरै राम्रो काम गरेकी छिन्। हामी उनको अभाव महसुस गर्नेछौँ।'

गबार्डको राजीनामा जुन ३० देखि लागू हुनेछ।

इकान्तिपुर

Link copied successfully