जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

जेष्ठ १, २०८३

रासस

Powerful 6.7 magnitude earthquake hits Japan

टोकियो — जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महसुस गरिएको छ । 

भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ । भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ । 

निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । सरकारले ६.७ म्याग्नीच्यूडको भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ । यद्यपि भूकम्पपछि सुनामीको कुनै पनि खतरा नभएको मौसमविद्हरूले जानकारी गराएका छन् । 

भूकम्प स्थानीय समयअनुसार राति ८:२२ बजे गएको र भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा ४३ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले सुरुमा ६.६ माग्निच्युडको भूकम्प गएको बताएको थियो ।

रासस

Link copied successfully