तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रुख भाँच्चिने र कच्ची घरहरू भत्किएका छन् ।
काठमाडौँ — भारतको उत्तर प्रदेशमा बुधबार तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।
तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रुख भाँच्चिने र कच्ची घरहरू भत्किएका छन् । उत्तर प्रदेशका अधिकारीहरूका अनुसार बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ ।
मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर राज्यका विभिन्न भागमा देखिएको जनाएको छ । त्यस्तै विभागले आगामी २४ घण्टा खराब मौसम कायम रहने चेतावनी दिएको छ । अधिकारीहरूका अनुसार केही क्षेत्रमा बिजुलीका पोल ढलेका छन् ।
