साउदी आराम्कोका सिईओ अमिन नासरले युद्धका कारण पछिल्ला दुई महिनामा ठूलो परिमाणमा तेल बाहिरिन नपाएको बताए । युद्ध अन्त्य भएपनि ऊर्जा बजार स्थिर हुन केही समय लाग्ने उनले बताएका छन् ।
काठमाडौँ — युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्विकार गरेसँगै कच्चा तेलको भाऊ बढेको छ ।
सोमबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्क कच्चा तेलको मूल्य ४.१६ डलरले वृद्धि भएर १०५.४५ डलरमा कारोबार भयो । त्यस्तै युएस वेस्ट टेक्सास इन्टरमिडियट ९९.८० डलरमा कारोबार भयो । जो ४.३८ ले वृद्धि हो ।
यसअघि शान्ति वार्ता हुने आशपछि कच्चा तेलको भाऊ घटेको थियो । हर्मुज जलमार्गमा इरान र अमेरिका दुबैले अवरोध गर्दा विश्वको झन्डै २० प्रतिशत कच्चा तेल निस्कने बाटोबाट निकै थोरैमात्र तेल बाहिरिएको छ ।
साउदी आराम्कोका सिईओ अमिन नासरले युद्धका कारण पछिल्ला दुई महिनामा ठूलो परिमाणमा तेल बाहिरिन नपाएको बताए । युद्ध अन्त्य भएपनि ऊर्जा बजार स्थिर हुन केही समय लाग्ने उनले बताएका छन् ।