इरान र अमेरिकाबीचका असहमतिका ६ प्रमुख मुद्दा

इरानको ४ सय केजी उच्च सम्वर्द्धित युरेनियम भण्डार अमेरिकामा लैजान चाहेको ट्रम्पले बताउँदै आएका छन् । इरानले यो माग अस्विकार गरेको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

6 major issues of disagreement between Iran and the US

काठमाडौँ — इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि पछिल्ला साता पत्रहरु आदनप्रदान भए । इरानले १४ बुँदे प्रस्ताव पाकिस्तानमार्फत अमेरिकालाई पठाएको थियो ।

त्यस प्रस्तावलाई संशोधन गरेर अमेरिकाले वार्ताका लागि इरानलाई एक पृष्ठ लामो संक्षिप्त प्रस्ताव पठायो । दुबै पक्षले पठाएका पत्रहरु सार्वजनिक भइसकेका छैनन् । तर वार्ताका मुख्य शर्तहरु यस्ता छन् ।

इरानको आणविक कार्यक्रम

अमेरिकाले इरानलाई सम्पूर्ण रुपमा आणविक कार्यक्रम अन्त्य गर्न दबाब दिइरहेको छ । तर, तेहरानले केही  वर्षका लागि मात्रै आणविक कार्यक्रमलाई स्थगित गर्न सकिने बताएको छ ।

इरानको युरेनियम भण्डारण

इरानको ४ सय केजी उच्च सम्वर्द्धित युरेनियम भण्डार अमेरिकामा लैजान चाहेको ट्रम्पले बताउँदै आएका छन् । इरानले यो माग अस्विकार गरेको छ ।

हर्मुजको जलमार्ग

इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रणलाई औपचारिकता दिन खोजेको छ । उसले यस ट्रान्जिट हुँदै अघि बढ्ने जहाजहरुलाई शुल्क तिराउने कानुन बनाउँदैछ ।

अमेरिकाले इरानी बन्दरगाहहरुमा लगाएको नाकाबन्दी खोल्नुपर्ने उसको माग छ  । तर वार्ता सफल नभएसम्म अमेरिकी नाकाबन्दी कायम रहने ट्रम्पले बताएका छन् ।

रोक्का सम्पत्ति

इरानी अधिकारीहरुले अमेरिका र पश्चिमा देशहरुले लगाएको आर्थिक प्रतिबन्ध फुकुवा हुनुपर्ने बताएका छन् । त्यस्तै, विदेशमा रोक्का रहेको इरानको २० अर्ब डलर सम्पत्तिलाई खुला गर्नुपर्ने माग वार्ता प्रस्तावमा राखेका छन् ।

युद्धको क्षतिपुर्ति

अमेरिका र इजरायलले गरेको आक्रमणले पुर्‍याएको क्षतिको क्षतिपुर्ति दिनुपर्ने माग इरानकोछ । यो रकम झन्डै २ खर्ब ७० अर्ब बराबर रहेको इरानको दाबी छ ।

इरानको क्षेत्रीय प्रभूत्व

अमेरिकाले इरानको क्षेत्रीय प्रभुत्वलाई कमजोर बनाउन खोजेको छ । लेबनानमा हिजबुल्लाह र गाजामा हमासलाई इरानले उपलब्ध गराउँदै आएको सहयोग बन्द होस् भन्ने अमेरिकाको चाहना छ । त्यस्तै, इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई कमजोर बनाउने अमेरिकाको लक्ष्य छ । 

कान्तिपुर

Link copied successfully