जाही चिक्वेन्दोको तस्विरले जित्यो पुलित्जर पुरस्कार

२३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ । प्रत्येक विधाका विजेताले १५ हजार अमेरिकी डलर पाउँछन् ।

वैशाख २२, २०८३

एजेन्सी

Jahi Chikwendo's picture won the Pulitzer Prize

काठमाडौँ — वासिङटन पोस्टका फोटोपत्रकार  जाही चिक्वेन्दोले यस वर्षको पुलित्जर पुरस्कारअन्तर्गत फिचर फोटोग्राफी सेक्शनमा अवार्ड जितेका छन् । वासिङटन पोस्टमा प्रकाशित उनको फोटो निबन्धमा एउटा दम्पत्ती आफ्नो बच्‍चाको आगमनको प्रतिक्षामा छ ।तर, बच्‍चाका बाबु कोलोनको चौथो स्टेजबाट गुज्रिरहेका छन् । त्यहीकारण भविष्य अनिश्चित छ । 

बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मका तस्विरलाई चिक्वेन्दोले फलो गरेर फोटो कथा तयार गरेका छन् । 

सन् २००१ देखि चिक्वेन्दोले वासिङटन पोस्टका लागि काम गरिरहेका छन् । विगतमा उनले इराकमाथिको अमेरिकी आक्रमण, केन्याको गरिबी, डार्फर क्षेत्रको जातीय नरसंहारलगायत घटनाक्रमका तस्विर खिचेका थिए । 

सर्वसाधारणको निगरानी गर्न सिलिकन भ्यालीमा तयार गरिएको, चीनमा थप सुदृढ बनाइएको, विश्वभर फैलाइएको र त्यसपछि अमेरिका ल्याएर सीमा क्षेत्रमा निगरानीका लागि प्रयोग गरिएको एउटा अत्याधुनिक प्रविधिबारेको अनुसन्धानात्मक समाचारले इन्टरनेशनल रिपोर्टिङ अवार्ड जितेको छ ।

एशोसिएट प्रेस (एपी) मा प्रकाशित यो समाचार डेक काङ, गारान्स बुर्के, बाइरोन ताऊ, अनिरुद्ध घोषाल र येल ग्राउरले तयार गरेको यो समाचार तयार गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसरी ‘स्वार्थ बाझिने सिद्धान्त’उल्लंघन गर्दै आफ्नो परिवार र सहयोगीहरुका लागि शक्ति दूरुपयोग गरेर आय–आर्जको अवसर खोलिदिएको विषयमा न्युयोर्क टाइम्सले तयार गरेको समाचारले इन्भेस्टिगेटिभ रिपोर्टिङ अवार्ड जितेको छ । 

बिट रिपोर्टिङ अवार्ड रोयटर्ससम्का जेफ होर्विट्ज र इन्जेन थामलाई प्रदान गरिएको छ । मेटा कम्पनीका सामाजिक सञ्जाल (फेसबुक र इस्टाग्राम) प्रयोगकर्ताहरु   ठगी, खराब विज्ञापन वा एआई मेनिपुलेशनको शिकार भइरहेको विषय यसमा उठाइएको थियो ।

बालबालिकाहरु पनि यसले प्रभावित भएको उल्लेख थियो । तर, त्यसका बाबजुद मेटाले विज्ञापनको प्रलोभनमा परेर यस्ता कार्यलाई छुट दिइरहेको पनि उल्लेख थियो । 

अमेरिकामा पत्रकारिता र कला–साहित्यमा योगदान गर्नेहरुलाई वर्षेनी पुलित्जर पुरस्कार प्रदान गर्ने गरिन्छ । सन् १९१७ मा ‘सेन्ट लुइस पोस्ट–डिस्प्याच’ र ‘द न्युर्योक वल्र्ड’ पत्रिकाका प्रकाशक जोसेफ पुलित्जरको इच्छाअनुसार पहिलोपटक यो पुरस्कार वितरण गरिएको थियो । 

यसपटक २३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ । प्रत्येक विधाका विजेताले १५ हजार अमेरिकी डलर पाउँछन् । 

एजेन्सी

Link copied successfully